विचार/अन्तरवार्ता
Mar 04, 2018
कर्मशील श्रीकृष्णप्रसाद खनालप्रति पैतालिस दिनको पावन तिथिमा हार्दिक श्रद्धाञ्जलि
भट्टराई नारायण
सृष्टि सदैव रहस्यमय मानिएको छ । यसमा अनेक अनुसन्धान भए, अन्वेषण र प्रयोगका सिलसिला जारी छन् । सिर्जना र अवसानको चक्रमा मानवीय खोजहरु निरुपाय बहस मात्र प्रतित भएका छन । त्यसैले भन्ने गरिएको होला, जन्मसित मृत्यु पनि स“गस“गै आउछ । वैज्ञानिकहरु इश्वरीय शक्ति र स्थितिलाई रहस्यमय भन्दै आएका छन् । त्यसैले होला जैन धर्मका जनक महाविरले जीवनलाई मित्र र शत्रु दुवै भन्ठाने ।
हाम्रो वेदले मानिसको आत्मा र भौतिक शरिरको सम्बन्धबारे चर्चा गरेको छ । दैव मनुस्य रुपेण्ँ भनेर मानिसको महत्वलाई उच्च स्थान दिइएको पाइन्छ । वेदको चर्चामा मानिसहरु अत्यन्त पराक्र्र्र्रमी, वुद्धीमानी, ओजस्वी र ज्ञान विज्ञानले सम्पन्न भनिएको छ । समाज र व्यक्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चाले मानिसका जीवन, कर्म, र मर्मले स्थापित हुने संन्देश दिएको छ । मृत्युले कर्म र मर्म बीचको अन्तर सम्बन्धको पहिचान गर्दै होला ? यस्तो विस्मयकारी तर्कको कुनै वजनवा महत्व नहोला तर शोकमग्न स्थितिमा यस्ता उद्योगहरु स्वभावजन्य हुन्छन् जस्तो लाग्छ । २०७४ माघ ०७ गते बसन्त पञ्चमीको पावन तिथिका दिन छत्रदेव ३ बल्कोट अर्घाख“ाचीका प्रतिष्ठित समाजसेबी, शिक्षासेबी धर्मानुरागी राजनितिक व्यक्तित्व श्री कृणप्रसाद खनालको असामयिक निधन भयो । त्यसवाट यस क्ष्ँेत्रमा सच्चा प्रजातन्त्रवादी राष्ट्रप्रेमी जगत लाई ठुलो धक्का लागेको छ , अतुलनीय क्ष्ँती पुगेको छ । उह“ाको दुईपत्नीबाट, तीन छोरी र चारभाई छोराहरु छन । श्रीकृष्ण प्रसाद खनालको जन्म तुलानात्मक रुपले संभ्रान्त परिवारमा पिता श्री हरिप्रसादखनाल (जनजिभ्रोमा खडानन्द)र माता श्रीमती तुलसा खनालको कोखबाट वि.सं. २००२ साल अषाढ १४ गते सानिपोखरी, बल्कोट, अर्घाख“ाचीमा भएको थियो । श्री हरिप्रसाद खनाल राणाकालमा केहि दिन रुपन्देहीको बेथरी माल अड्डामा मुखिया पदमा कार्यरत हुनुहुन्थ्यो । तर उहा“ले वीचैमा जागीर छोडेर वल्कोट घरमा बस्न थाल्नुभयो । सात सालको जनमुक्तिका विद्रोही डा.केआई सिंहले उहाको घरमा धावा बोलेका थिए । व्यवहार कुशल श्री हरीप्रसादले डा.के आई सिंह र उनका टोलीलाई कुशल व्यवहार र व्यावस्थापन गरीदिएर अप्रिय घटना हुनवाट बचाउनु भएको थियो । प्रसासकहरुसंग निभर्यको साथ बोल्नसक्ने क्षमताले उहा चर्चित व्यक्तित्व बन्नपुग्नुभयो तर उहा“ पनि अल्पायुमै वित्नुभयो । 
अर्घाखाचीको पूुर्वक्ष्ँेत्रका जनताको आश्रयस्थल रहेको खनाल परिवार बैकको रुपमा स्थापित भएको थियो । त्यतिबेला आर्थिक कारोवार शुन्यप्रायस्थियो । खेतिपाति नै प्रमुख व्यावसाय रहेको स्थानीय उत्पादन अप्रर्याप्त ह“ुदा किसानहरुको जीवन कष्ट प्रदायक थियो । २००७ सालको प्रजातन्त्र स्थापनापछि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा जवर्जस्त हलचल हुदै थियो । तर सामाजिक स्तरवाट वित्तीय सस्ंथावाट कुनै प्रकारको सेवा सुविधा उपलव्ध हुनसकेको थिएन । सरकारले निर्धारण गरेको व्याज ग्रामीण जनतालाई सहुलियत दरमा आर्थिक कारोवार गर्न थाले पनि खनाल परिवार बंैकको रुपमा स्थापित भएको थियो । यसबाट व्यापार व्यवसाय गर्न, पठनपाठन र वन्द व्यावसायको लागि लगानी हुनथाल्यो । धेरै गाउ“लेहरुलाई श्रीकृष्ण प्रसाद खनालबाट हरेक क्ष्ँेत्रमा बंैकको दरमा ऋण प्रवाह हुने गरेको थियो । यसवाट ठूलै जत्था प्रभावित भएको सबैले चर्चा गर्ने गर्दछन् । कस्तो संयोग उह“ाले बसन्तपञ्चमीलाई (श्रीपञ्चमी भन्ने गरिएको अर्घाख“ाचीे क्ष्ँेत्रमा ) कारोवारको नया“ वर्ष मान्नूहुन्थ्योे र उह“ाको शहादत पनि श्रीपञ्चमीकै दिनमँ सम्पन्न भयो । त्यति वेलाको ग्रामिण जनजीवन अनुशासित साथै उत्तरदायी थियो । त्यतिवेलाको आर्थिक कारोवार अहिले बैकमा निर्वाह गर्नुपर्ने, धितोपत्र जस्ता झन्झटिला शर्तहरु हुदैनथ्यो । आवश्यकता र औचित्यको रुपमा लगानी हुने गर्दथ्यो । कतिपय ठाउ“मा चर्को सुद लिने ठेकी वेटी आदि पनि हुन्थ्यो भन्ने सुनिन्थ्यो । तर श्रीकृष्ण प्रसाद खनालको हकमा यस्ता अप्राकृतिक असामान्य शर्तहरु कारोवारमा कहिल्यै देख्नु भोग्नु सुन्नु परेन तर लगानीको आवश्यकता र औचित्य चाहि उह“ाले खुबै मसिनियर हेर्नु हुन्थ्यो । पठन पाठनको लागि चाहिने आर्थिक पक्षप्रति उहा“ सदै उदार रहनुहुन्थ्यो । त्यो उदारतको सहुलियत हामीहरुले पनि असंख्य प्रयोग गरेका थियौ । 
श्रीकृष्ण प्रसाद खनाल धर्मानुरागी हुनुहुन्थ्यो । प्रत्येक वर्ष कुनै न कुनै खालको यज्ञको आयोजना गर्नुहुन्थ्यो । उह“ाको पिताश्रीले स्थापना गरेको पौवा र मन्दिरको व्यवस्थापन उह“ा आफैै गर्नूहुन्थ्यो । प्रजातन्त्रपुन स्थापना पछि प्रहरी चौकीको स्थापना गरिदा आपm्नो स्वामित्वको पौवार दश रोपनीजग्गा नेपाल सरकारलाई दान गर्नुभएको थियो जुनद्धन्द्दकालमा (२०५८ सालमा) ध्वस्त पारियो । त्यसै वर्ष उहा“ वस्दै आउनुभएको ऐतिहासिक घर (डा. के आइ सिंह ले धावाबोलेको घर ) वम पड्कायर ध्वस्त पारियो । उह“ाले मथुराधाममा अखण्ड होमकुण्ड आफ्नै खर्चमा निर्माण गरिदिनु भएको थियो । ठूलारुखका छत्र महाराज मन्दिरदेखि ग्रामीण स्तरकामन्दिर निमार्णमा यथासक्य सहयोग गर्ने गर्नुभएको थियो । समग्र समाजलाइ आफ्नै देख्ने सबैलाइ आफुजस्तै ठान्ने र सबैप्रति सम्मान प्रकट गर्ने उहा“को प्रसंशानीय चारीत्रिक विशेषता थियो । श्रीकृष्णप्रसाद खनाल शिक्ष्ाँ प्रेमीहनुहुन्थ्यो । बल्कोट हाईस्कुलको अध्यक्षको नेतृत्व लिएर लडखडाएको संस्थालाई सवल बनाउदा सदैव दत्तचित रहनुभएको थियो । उहा“कै पालामा उच्च माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको थियो । विद्यालय स्थापना, विकास र स्थायित्वका निमित्त श्रीकृष्णप्रसाद खनालले सह्राहनीय योगदान पुर्याउनु भएको थियो । उह“ाले आङ्ख्ना सन्ंततिहरुलाई उचित शिक्षा दिनकहिल्यै हिचकिचाउनु भएन । ग्रामीणवासीहरुलाई पनि सदैव पे्ररित गर्दै जानु भयो । द्धापरयुग देखिनै पवित्र मानिदै आएको मथुुराघाममा विभिन्न मन्दिर निर्माण, २०४२ सालमा योगि नरहरिनाथको अगुवाइमा महायज्ञको आयोजनागर्ने जस्ता महत्व पुर्ण धार्मिक क्रियाकलापमा श्रीकृष्ण प्रसादखनाल सक्रिय रुपले संलग्न हुनुभयो । मथूुराधाममा गायत्रि पुराश्चरण एवं यज्ञ यज्ञादि गराउन उद्यत रहनुभयो । अहिले कृषि क्याम्पस निर्माणमा ती महायज्ञहरुको अहं भूमिका रहेको जग जाहेरै छ । ऐतिहासिक कालखण्डमा मथुुरामा महत्वपुर्ण घटना भएका थिए । पश्चिमबाट काठमाडौ“ जाने क्रममा मथुराहुदै जा“दै गरेकी वालनरसिंह कुंवर राणाको सात महिनाकी गर्भवति पटरानि गणेश कुमारीको कोखवाट १८७४ साल आषाढमा जंगबहादुर जन्मिएका थिए । गाउ“लेहरुले उनलाई बल्कोटमा लागि स्याहार सुसार गरेका थिए । पछि जंगबहादुर प्रधानमत्री बनेपछि हालको बल्कोटपौवा र मन्दिर निर्माण गराएका थिए । ती सबैको संरक्ष्ँणमा बल्कोटमा महायज्ञको आयोजना गरिएको थियो । त्यसमा श्री खनालको बिशिष्ट योगदान रह्यो । देशाटनको क्रममा २०१६ साल पुषमा राजा महेन्द्र र प्रधानमन्त्री विपी कोइराला मथुरामा वास बस्नु भएको थियो । हामीहरुले विद्यार्थीको रुपमा स्वागत गरेका थियौ ।
श्रीकृष्ण प्रसाद खनाल एक्लो छोरा हुनुहुन्थ्यो । त्यसैले कारोवार छाडेर उच्चशिक्षा हासिल गर्ने अवसर पाउनु भएन तर उहाले विश्व परिस्थिति, राजनितिक गतिविधि र देश विकासप्रति गहिरो रुचि राख्नु हुन्थ्यो । उह“ा प्रधानपञ्चदेखि जिल्ला पंचायत उपसभापति, सालवडि का.मु. सभापति वन्नुभयो । उह“ालाई पंचहरुको ग्रुपमा उदारवादि भनेर चिनिन्थ्यो । वि.पी.वनारस हुनुहुन्थ्यो,हामीहरु त्यही पढथ्यो, घर आउदा तरुण पत्रिका ल्याउथ्यो, उहालाई दिन्थ्यौ । वडा रुचिले पढ्ने गर्नु हुन्थ्यो । हामीहरुलाई पक्राउ र्र्पूिज आउदा धेरै चोटि बचाउनु भएको थियो । प्रजातान्त्रिक संघर्षलाई दीलो ज्यानले सघाउने उहा“मात्र पंञ्च हुनुहुन्थ्यो हाम्रो गाउमा । प्रजातन्त्रपुन.स्थापना पछि उह“ाले विधिवत नेपाली कांग्रेसमा क्रियाशील रहनुभयो । राष्ट्रियता, प्रजातन्त्रर सामाजिक न्यायप्रतिको उह“ाको प्रतिवद्धता विशिष्ट थियो । 
सरल तर गहन व्यक्तित्वका धनी श्रीकृष्ण प्रसाद खनाल माओवादिको तारो बन्नु भयो । उह“ाको हत्या गर्ने आदेश रहेको भक्ति पाण्डेको पुस्तकमा उल्लेख गरिएको छ । अमर सहीदश्री राममणी ज्ञावालिको हत्या गरेकै दिन उह“ाको ऐतिहासिक घरध्वस्त गराइयो । त्यस पछि उहा“ विस्थापित जीवन विताउदै आउनु भएको थियो । तर पनि उहाले कहिल्यै कसैस“ग गुनासो गर्नु भएन । प्रजातन्त्र र राष्ट्रियता बचोस् सामाजिक न्याय सबैले पाउन, मेरोे विस्थापित जीवनजति सुकै कष्टप्रद भएपनि राष्ट्रर जनताको अस्तित्वका लागित्यो नगण्य हो भन्ने उहाको मान्यता थियो ।
कर्मशील श्रीकृष्ण प्रसादखनाल प्रति पैतालिस दिनको पावन तिथिमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।







तस्वीरहरु
श्रीकृष्ण प्रसाद खनाल
 






श्री कृष्ण प्रसाद खनालस परीवारको साथमा (२०४३ सालमा)
 

डा. के आइ सिंह ले धावाबोलेको ऐतिहासिक घर
 

द्धन्द्दकालमा २०५८ सालमाध्वस्तपारीदाको ऐतिहासिक घर
 

मथुराधाम
 
बल्कोट पौवा
 

बल्कोट हाईस्कुल
 

श्रीकृष्ण प्रसाद खनालपत्नी पुस्पाको साथ लेखकको घर–परिवारको साथमा
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video