सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 06, 2018
फेसबुक ग्रुपबाट हटाएको निहुँमा स्कुल पढने युवकको हत्या, हत्यामा संलग्न तारकेश्वरका नौं युवक पक्राउ
रबिन थपलिया । काठमाडौं । फागुन २२ । फेसबुक ग्रुपबाट साथीहरुलाई हटाएको निहुँमा एक स्कुल पढदै गरेका युवकको ज्यान गएको छ । 
पुरानो गुह्ेश्वरी एज गु्रप नामको फेसबुक ग्रुपबाट आफुहरुलाई हटाएको भन्दै माघ २७ गते युवकहरुको समुहले नुवाकोट सुर्यगढी गाँउपालीका ३ घर भई बालाजुको माछापोखरी बस्ने बर्ष १६ को कुमार सुचिकारको हत्या गरेका हुन् । सुचिकार गणेश हिमाल बोडिङ स्कुल गोंगबुमा अध्ययनरत विद्यार्थी हुन् । तारकेश्वर नगरपालीका वडा नं ४ बस्ने बर्ष १६ का सुजन महर्जन समेतका युवकहरुको समुहले माघ २७ गते साँझ ५ बजे गोलढुंगा ४ फुलबारी गेट नकिजै सुचिकारलाई बोलाएर ढुंगा र इट्टा प्रहार गरी घाइते बनाएका थिए । घटनाको भोलीपल्ट  चोटपटक लागेर गम्भीर घाइते भएका सुचिकारलाई महानगरीय प्रहरी बृत्तको प्रहरी टोलीको सहयोगमा बिर अस्पतालको ट्रमासेन्टरमा पठाएपनि उपचारको क्रममा माघ २९ गते मृत्यु भएको थियो । 
प्रहरी बृत्त बालाजुले आज साँझ पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ९ युवकलाई सार्वजनीक गरेका छ । पत्रकार सम्मेलनमा बोल्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खडकाले इन्टरनेटको दुरुपयोगले हत्या सम्मको अवस्था आएको भन्दै आफना बालबालीकालाई इन्टरनेट प्रयोगका बिषयमा अबिभावक गम्भीर हुनुपर्ने बताए । खडकाले आफना बच्चाहरुलाई इन्टरनेट कुन रुपमा र कति हद सम्म प्रयोग गर्ने भन्ने बिषयमा अविभाबकले सोच्नु बेला आएको बताए । खडकाले पक्राउ भएका ९ मध्य ८ युवकको म्याद थप गरिएको र उनिहरुको अनुसन्धान भइरहेको बताए । 
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालीका वडा नं ४ पुरानो गुह्ेश्वरी बस्ने बर्ष १६ का सुजन महर्जन, बर्ष १८ का निर्मल महर्जन, बर्ष १६ का दिनेश नगरकोटी, बर्ष १६ को विशाल पुतुवार, बर्ष १८ को समिर महर्जन, बर्ष १६ को विक्की पुतुवार, नुवाकोट सुर्यबढी गाँउपालीका ९ घर भई हाल शेषमती बसन्े बर्ष १७ का आईसिंह तामाङ, सोलुखुम्बु साल्मे घर भई तारकेश्वर ८ शेषमती बस्ने बर्ष १६ का राजन मगर र दोलखा घर भई नयाँ बसपार्क बस्ने बर्ष १६ का गेल्जे शेर्पा रहेका छन् । 
युवक समुहहरुको आक्रमणमा परी घाइते भई उपचारका क्रममा मृत्यु भएका सुचिकारका आमाले लामो समय सम्म छोरा घर नआएपछि प्रहरी बृत्त बालाजुलाई खोजी दिन निवेदन पेश गरेकी थिईन् । माघ २७ गते हराएको छोरा फागुन १ गते हराएको भन्दै मृतककी आमा राधा सुचिकार फागुन ८ गते बालाजु प्रहरीमा पुगेकी थिइन् । राधाको निवेदन पछि प्रहरीले सोधखोज र अनुसन्धान पछि माघ २९ गते उपचारको क्रममा मृत्यु भएको युवकको बारेमा राधालाई बताएछि मृतक आफनो छोरा रहेको थाहा पाएकी थिइन् । बालाजु बृत्तका अनुसार माघ २१ गते मृतक कुमार सुचिकारको मोवाइलमा अचानक फोन लागेको र नबोलेपछि पुन प्रहरी बृत्तमा आएकी थिइन । राधाले घटनाबारेमा यथार्थ जानकारी दिएको केहि घण्टामानै घटनामा संलग्न पुरानो गुह्ेश्वरीका १६ बर्षिय सुजन महर्जन पक्राउ परेका थिए । त्यसलगतै घटनामा संलग्न ९ युवक पक्राउ भएका थिए । पक्राउ गरिएका ९ मध्य ८ को म्याद थप गरिएको छ ।
Image may contain: one or more people and people standing
Image may contain: 7 people, people standing

sfdf 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video