सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 08, 2018
सवारी दुर्घटनामा दुई बर्षिय बालक र उनका बुबा आमा सहित ८ को मृत्यु, दुर्घटनामा ६ घाइते
काठमाडौं, २४ फागुन । सवारी दुर्घटनामा दुई बर्षिय बालक, उनका आमा बुबा सहित आठ जनाको मृत्यु भएको छ । मुगु, रुपन्देही, बारा,सुनसरी, मकवानपुर र धनुसामा भएकोे छुट्टा छुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 
मुगुको खत्याड गाउँपालिका–५ खमालेको हलेकाँडामा भे.१ त ८१११ नम्बरको ट्याक्टर बुधबार सडकबाट करीव ३ सय मिटर तल खस्न गई भएको दुर्घटनामा ट्याक्टरमा सवार कनका सुन्दरी गाउँपालिका–३ बस्ने २४ वर्षीया  मनिता बुढा, उनकै छोरी २ वर्षीया अनिता बुढा र बोटामालिका–६ बस्ने दन्तु बुढाको २ वर्षीय छोरा समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ४ जना घाइते भएकोले उपचारको लागि स्थानिय मेडिकल लगिएको छ । ट्याक्टरका चालकलार्ई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
यता, रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित हुलाकी सडक खण्डमा लु.३ त १२८१ नम्बरको ट्याक्टरले लु.३९ प ४४६४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करीव २५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् भने हाल फरार रहेका उक्त ट्याक्टरका चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले बताएको छ ।
त्यस्तै, बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको भमरा पुल नजिक ना.३९ प २६४ नम्बरको मोटरसाइकलमा पेट्रोल सकिएर चालकले डो¥याउँदै गर्दा पछिपछि पैदल हिँडिरहेका सोही मोटरसाइकलमा सवार सर्लाही इश्वरपुर नगरपालिका–१० बस्ने २५ वर्षीय राजेशकुमार रामलाई हाल नम्बर नखुलेको सवारी साधनले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएकोमा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा रामको मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुनसरीको ईटहरी–५ बालग्रामपचरुखीमा ना.६ ख ७०२६ नम्बरको ट्रकले को.३२ प ४०३३ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिंदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २३ वर्षीय रमित सिग्देलको उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा हाल नम्बर नखुलेको सवारी साधनले बुधबार ठक्कर दिँदा मृत्यु भएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करीव ४० बर्षीय पुरुषको शव फेला परेको छ ।
यता, धनुषाको नगराईन नगरपालिका–७ डेवडियामा ज.५ प ८६२१ नम्बरको मोटरसाइकल बुधबार राति आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक जनकपुर उपमहानगरपालिका–२५ लोहना बस्ने २२ वर्षीय नबिन ठाकुरको उपचारको लागि जनकपुरतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रस्टीकरण ः पाठकबृन्दहरु, समाचारमा पोष्ट गरिएको तस्वीर समाचारमा उल्लेख गरिएका घटना स्थलको नभई अन्यत्रको रहेको जानकारी गराइन्छ । सं
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video