सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 10, 2018
पत्रकारलेनै सुसाइड नोट लेखेर गरे आत्महत्या, आत्महत्याको कारण सुन्दा तपाँईको आँखाबाट आँसु झर्ने छ
काठमाडौं । फागुन २६ । राज्यको चौथो अंग भनेर भन्ने गरिएपनि पत्रकारका निम्ती राज्यका तिनवटा निकायले पाउने जस्तो कुनै तलब सुविधा पत्रकारले पाँउदैन् । कार्यपालीका, न्यायपालीका र व्यवस्थापीका राज्यका तिन अंगमा रहने कर्मचारीहरुले राज्यबाट सेवा र सुविधा लिन्छन् तर पत्रकारीतालाई भन्नका निम्ती मात्र चौंथो अंग भनिन्छ । न राज्यबाट सेवा सुविधा छ नत सञ्चार संस्थाहरुले नै उचित तलब सुविधा दिन्छन् । नेपालमा निकै थोरै पत्रकारले मात्र राज्यले तोकेको न्युनतम पारीश्रमीक पाँउछन् ।
बिषय पत्रकारकै । बझाङमा काम गर्ने पत्रकारले काठमाडौं आएको बेला शुक्रबार सुसाइड नोट लेखेरै आत्महत्या गरेको खवर सार्वजनीक भएको छ । सुन्दा निकै दुख लाग्ने तर जटिल बिषयलाई देखाएर उनले आत्महत्या गरेको बताइएको छ । 

फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन । शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै आत्महत्या गरेका छन् । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए । रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंबाट सञ्चालन हुने आहाखबर डटकम अनलाइनमा पनि काम गरिरहेका थिए ।

बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीको डेरामा सँगै बस्ने गरेका बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले बताएका छन । शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बेपत्ता भएका बोहराले साँझ ८ वजे तिर आफ्नो मोबाइलमा म्यासेज लेखेर आफूले आत्महत्या गर्न लागेको भनेर खबर गरेको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षका १ छोरा छन् ।

बोहरालाई बचाउन सकिन्थ्यो
बोहराले आत्महत्या गर्न लागेको म्यासेज गरेपछि ७ बजे तिर आफूले प्रहरीलाई खबर गरेको प्रताप वलीको भनाई छ । प्रहरीले उनको मोबाइलमा फोन गर्दा सम्पर्क भयो उनले फोन उठाइरहेका थिएनन ।

‘मोबाइल र फेसबुक चलेको आधारमा उनको लोकेसन पत्ता लगाउन मैले विभिन्न ठाउँमा प्रहरीलाई खबर गरे’ वलीले भने, ‘प्रहरीले अदालतको आदेश बिना उनको मोबाइल ट्रयाक गर्न नमिल्ने भनेर पन्छिए । राति ११ बजेसम्म फोनमा सम्पर्क भैरहेको थियो । ११ बजे तिर अफ् भयो’ तत्काल लोकेसन पत्ता लगाउन सकेको भए उनलाई बचाउन सकिन्थ्यो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video