मनाेरञ्जन/रोचक
Mar 16, 2018
नेपाल आइडल–२ को अडिसन चैत ६ गतेबाट सुरु हुंदै, कार्यक्रम सञ्चालक र जर्जहरु पुरानै कि नयाँलाई चान्स ?
काठमाडौं । चैत २ । चर्ची रियालीटी शो नेपाल आइडल–२ को अडीसन यहि चैत्र ६ गतेबाट सुरु हुने भएको छ । आयोजक एपीवान टेलिभिजनका अनुसार नेपाल आईडल २ को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुनेछ । 
यता,नेपाल आइडलको सजिन २ का कार्यक्रम संञ्चालकहरु परिवर्तन भएका छन् । देशकै प्रतष्ठित गायन रियालीति शो  “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ । एपिवान टेलिभिजनले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । “नेपाल आईडल २”को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् । ‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनले राम्रै पारिश्रृमिक लिएको पनि चर्चा छ ।
प्रस्तोताहरु फाईनल भएपनि “नेपाल आईडल २” का जजहरुको बारेमा भने केही खुलाईएको छैन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video