मनाेरञ्जन/रोचक
Mar 18, 2018
सडक बालक सम्बन्धी चेतना मुलक गितको सार्वजनीक
काठमाडौं । चैत ४ । सडक वालक सम्बन्धी चेतना मुलक गित तथा म्युजिक भिडियो सार्वजनीक भएको छ । 
गायक तथा संगित साधक बसन्त थपलियाको लेखन तथा मिलन फ्ल्मि प्रडक्सनको व्यानरमा र्निमाण गरिएको सडक बालक सम्बन्धी गित“विन्ति मलाई खाते नभन”को एक समारोहका बिच बिमोचन गरिएको छ । अनन्त मंगल सदन स्कुल बालाजुमा एक विशेष कार्यक्रमका बिच कलाकार तथा गायिका रश्मी भट्ट र बलिउडका कलाकार नवराज विश्वकर्माले संयुक्त रुपमा बिमोचन गरे । 
गितको बिमोचन पछि कलाकार तथा गायिका रश्मी भट्टले सडक बालक सम्बन्धी गितले समाजमा नयाँ चेतना ल्याउने बताँउदै सडक बालबालीहरुको उद्धार गरेर सरकारले उनिहरुलाई शिक्षा दिक्षा दिनुपर्ने बताईन् । 
कार्यक्रममा बलिउडका कलाकार नवराज विश्वकर्माले सडक बालबालीका सम्बन्धी अत्यन्तै उत्कृष्ट गित बनेको बताए । 
कार्यक्रममा मिलन फ्ल्मि प्रडक्सनका प्रोपाइटर मिलन श्रेष्ठले बालबालीकाहरुलाई सडकबालक बन्ने अवस्था सम्म आउन नदिनको लागि सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा गायक मनोजराज सिवाकोटी, शिवपुरी मिडीया नेटवर्कका अध्यक्ष रबिन थपलिया, पारामाउन्ट स्कुलका प्रिन्सीपल मुकुन्द पाण्डे, कलाकार गंगा विष्ट, तथा प्रस्तोता एवं निर्देशक होम धिताल लगायतको उपस्थीति रहेको थियो ।  
बसन्त थपलियाको लेखन÷संगित÷गायन रहेको उक्त गितको निर्देशन मिलन श्रेष्ठ, तथा कल्याण गन्दर्भ र राधिका थपलियाको स्वर रहेको छ । त्यस्तै रोशन धितालको सम्पादन, प्रकाश रिमालको अनुवादन, मरुभुमि नारायणको छाँयाङकन्, कृष्ण लाल साहुखलको व्यवस्थापन रहेको छ । त्यस्तै उक्त सडक बालक सम्बन्धी गित निर्माणको लागि साउथ हल ट्राभल्स एण्ड टुर्सको सह प्रायोजन रहेको बताइएको छ । 


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video