प्रवासी खबर
Mar 18, 2018
क्यानडामा नेपाली साँझ हुंदै
काठमाडौं । चैत ४ । अध्यययनका लागि क्यानडा पुगेका नेपाली विद्यार्थीहरुले त्यहाँ नेपाली साँझको आयोजना गर्ने भएका छन् । 
यही आउदो मार्च २१, बुधवार क्यानडाको स्थानीय समय अनुसार साँझ ६ बजे शुरु हुने उक्त साँझ मा बिभिन्न नेपाली नृत्य, नेपाल का हरेक जात जाती को भेष भुषा झल्कने पहिरन सहित विद्यार्थीहरु ले प्रदर्शन गर्नेछन । सास्काचुन बिश्वबिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हरेक बहु सास्कृतिक कार्यक्रममा आफ्नो सकृयता बढाएसगै नेपाल र नेपालीको पहिचान पनि स्थापित हुँदै गएको छ । केहि बर्ष अगाडी सम्म नगन्य सन्ख्या मा रहेका नेपाली विद्यार्थीहरुको संख्यामा पनि धेरै बढोत्तरी भएको छ । 
उक्त नेपाली साँझमा अरु बिभिन्न देशका विद्यार्थीहरुलाई पनि आमन्त्रण गरिएको नेपाली विद्यार्थी सस्थाका अध्यक्ष्य अजय श्रेस्ठले बताउनुभयो । अरु विद्यार्थीको माझमा मात्र नेपाली सस्कृती पस्कने होईन कि क्यानडामा जन्मेर हुर्केका धेरै नेपाली विद्यार्थीहरुलाई पनि यो कार्यक्रमले नेपाली पहिरन तथा सस्कृतीको परिचय गराउने बिश्वाश गैरआवसिय नेपाली सघ क्यानडा का पुर्व उपाध्यक्ष्य देबेन्द्र सुबेदीको छ । कार्यक्रम भब्य रुपमा सफल पार्न सास्काटुन नेपाली समाज पनि जोडतोडका साथ लागेको कुरा सस्थाका सचिव राजु चौधरी तथा खेलकुद सम्योजक सन्तोश लामिछानेले बताए । स्मरण रहोस गता बर्ष यस्तै कार्यक्रमबाट संक लित रकम सास्काटुनमा बन्न लागेको बाल अस्पताललाई सहयोग गरिएको थियो । कार्यक्रमको प्रबेश शुल्क १० डलर राखिएको आयोजकले बताएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video