सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 22, 2018
बालाजु, बसुन्धरा र खसीबजारमा दुर्घटना तिनको मृत्यु, दुई घाइते
काठमाडौं । चैत ८ । काठमाडौंको बालाजु, बसुन्धरा र खसीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तिन जनाको ज्यान गएको छ । 
काठमाडौं महानगरपालिका–३ बसुन्धारा तिलिङ्गेटारमा बा.१ ज ८५२७ नम्बरको माइक्रोबसले बा.६६ प ८५७४ नम्बरको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक काठमाडौं महानगरपालिका–३ बसुन्धरा बस्ने गोरखा, गोरखा नगरपालिका–५ का २३ वर्षीय दिवश रायमाझीको मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका रायमाझीको उपचारको लागि  शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा बा.७९ प ७८११ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट बेलकोट–३ गढी घर भएका २२ वर्षीय सुनिल पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार काठमाडौं कलंकी बस्ने नुवाकोट बेलकोट–५ का २२ वर्षीय नवराज मुडभरी समेत घाइते भएकाले उपचारको लागि पिपुल्स मेडिकल कलेज नयाँबजार पठाइएको प्रहरीले बताएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ खसीबजारमा ना.७ ख ३२० नम्बरको उखु बोक्ने गाडीले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका बर्दिया गुलेरीया–४ का ४० वर्षीय मोतीलाल पुनमगरको उपचारको लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गाडी नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video