सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 23, 2018
सिंहदरबारभित्र मोटरसाइकल चोरी गर्ने मन्त्रालयकै कर्मचारी पक्राउ
काठमाडौं । चैत ९ । सिंहदरबार भित्र मन्त्रालयकै मोटरसाइकल चोरी गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा महिला बालबाललिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाई चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् । 
काठमाडौं सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा.१ ब ९९१३ नम्बरको मोटरसाइकल सहित चोरीमा संलग्न उनिहरु पक्राउ परेका हुन् । मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video