महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
विचार/अन्तरवार्ता
Mar 27, 2018
खरेल यानी "चेन अफ कमाण्ड"
 सम्भवत हप्ता पन्ध्र दिनभित्र नेपाल प्रहरी ले रमेश खरेल, सर्बेन्द्र खनाल पुष्कर कार्की एक लाई संगठन प्रमुख पाउने निश्चित छ। नेपाली प्रत्रकारीता जगतलाई नियालेर हेर्दा प्रबल दाबेदार खरेल खनाल अग्रपंत्तिमा उभिएका छन यि दुई मध्य एक IGP हुने पक्कापक्की छ। केही संचार माध्यमले खरेल नै भाबी IGP हुने अड्कलबाजी गर्दै समाचार लेखेका छन केहीले खनाल लाई सपोर्ट गर्दै समाचार लेखेका छन।

अन्तत जो नै नेपाल प्रहरी प्रमुख भएपनी संगठनले एउटा अब्बल इमान्दार IGP पाउनेमा दुईमत भने पक्कै छैन। हिजोको दिनमा जस्तो चरम राजनीतिकरण नहोस् नेपाल प्रहरी "चेन अफ कमाण्ड" भित्र रहेर अघी बढोस् भन्ने चाहना बढुवा समिती सम्बन्धित पक्षले राख्ने हो भने निर्बिबाद रुपमा रमेश खरेललाई नेपाल प्रहरी प्रमुखमा बढुवा गर्नु न्यायोचित बिबेकपूर्ण हुनेछ। यसो भन्दै गर्दा पंतिकारले खरेल लाई सपोर्ट गर्यो भने लाञ्छना लाग्न सक्ला तसर्थ किन खरेल नै IGP हुन्पर्यो भनेर मैले भन्नै पर्छ।

DIG रमेश खरेल असई पदबाट नेपाल प्रहरिको सेवामा प्रबेश गरेका हुन भने खनाल कार्की प्रहरी निरिक्षक बाट यसर्थ खरेल खनाल कार्की भन्दा सिनियर अफिसर हुन। दोश्रो उनको कार्यशैली, इमान्दारिता संगठनप्रतिको भूमिका सदैब निर्बिबादित नै भने SSP सम्म बढुवा हुँदा उहाँ पहिलो मा नै हुनुहुन्छ। तेस्रो महत्वपूर्ण कुरा उहाँ IGP भएमा उहाँले लगभग ११ महिना नेपाल प्रहरिको नेत्रित्व गर्नुहुनेछ भने त्यसपछी भाबि AIG सर्बेन्द्र खनाल ले नेत्रित्व लिनुहुनेछ। यसले गर्दा AIG पदको अनुभब बिना सिधै DIG बाट IGP हुने प्रथाको अन्त्य हुनेछ चेन अफ कमाण्डले सार्थकता पाउने छ। यसो भएको खण्डमा दुई बर्षमा नेपाल प्रहरी ले दुई अब्बल अद्भुत कार्यकौशलता भएका संगठन प्रमुख पाउनेछ। यि दुइको नेत्रित्वले प्रहरीभित्र हुने चरम राजनीतिलाई उखेल्न चेन अफ कमाण्डलाई निरन्तरता दिन ठुलो सहयोग पुग्नेछ। नेपाल प्रहरिको धमिल्लिएको छबी सदाको लागि अन्त्य हुने।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video