पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा  |  फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव  |  काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की  |  कोरोनाको महामारीमा पनि कमाउ धन्दा, नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ  |  सिराहामा लकडाउन उलङघन गरी चलाईएको २८ वटा सवारी साधन कारबाही  |  प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी  |  खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए
विचार/अन्तरवार्ता
Mar 30, 2018
स्वच्छ कि स्वच्छाचारी पत्रकारिता
 अशोक तिवारी ,
राज्यको चौथो शक्तिशाली अंग संचार जगतका पहरेदार पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको आज ६३ औं स्थापना दिवस। पत्रकारिताको सिद्धात्न अनुरुप बाटो नबिराइ पत्रकारको धर्म निभाउदै आफ्नो कलमको शक्तिले समाज देशको आमुल परिवर्तन गर्न सदैब तल्लिन रहने सम्पूर्ण कर्मशिल पौरखी पत्रकारलाई बधाई  अबिचलित रही निरन्तर अघी बढ्न साहस हौशला मिलोश

 

केही बर्ष देखी समाज कमर्सियल रुपमा अघी बढेको यो बिषम परिस्थितीमा पत्रकार जगत पनि  अछुत रहन सकेको छैन। केहीले आर्थिक प्रलोभनमा परेर स्वच्छ पत्रकारिता भन्दा पनि स्वच्छाचारी पत्रकारिता लाई अंगालेर "पित पत्रकारिता" गर्नाले पत्रकार जगत धमिलिदै आएको कुरा पनि सर्बबिबित नै छ। च्याउ जसरी फस्टाएको संचार माध्यम ले अघी हुने होडबाजी टिआरपी बढाउने चेष्टाले गर्दा अपुष्ट अबिश्वासनिय समाचार प्रकासित गर्दा जनता सुचनाको हक बाट पनि बञ्चित हुन पुगेका छन। पैसाको प्रलोभनमा परेर पत्रकारिताको धर्म बिपरित कार्य गर्नाले कलमको शक्ती खोपिका देउता जस्तै बनेको छ।

 

अझ अहिले इन्टरनेटको मार्फत पत्रकारिता गर्ने अनलाइन माध्यम ले बिकृति नै पैदा गरेको छ। तसर्थ अबका दिनमा यो बिकृति नरोक्ने हो भने पत्रकार महासंघले गर्बले शिर ठडाउने ठाउँ पनि देखिदैन।  आर्थिक प्रलोभनमा परेर समाजमा भएका बिसंगतीलाई नजर अन्दाज गरेर पित पत्रकारिता लाई बिसर्जन नगर्ने हो भने समाज देश परिवर्तन गर्न सक्ने हैसियत राख्ने पत्रकार जगत भोली पतन भएर नजाला भन्न पनि सकिदैन।

 

वास्तविकता भन्दा पर गएर क्षणिक भौतिक शुख सुबीधालाई बढवा दिएर पत्रकारिताको धर्म नभुल्न कलमको शक्तिले नै देशमा सकारात्मक परिवर्तन गर्न सकिन्छ,बाटो बिराएर हिंड्नेलाई ट्रयाक भित्र ल्याएर समाजमा हुने हरेक बिसंगती रोक्न सकिन्छ भन्ने आफु भित्रको शक्तिको अभास सबैलाई होस् । शुभकामना जय पत्रकारिता ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video