सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 06, 2018
मन्त्रीकै घरमा लाखौंको चोरी !
काठमाडौं । चैत २३ । काठमाडौंमा चोरीका घटना बढीरहेको अवस्थामा एकजना बहालवाला मन्त्रीकै घरमा चोरी भएको छ । 
प्रदेश नं ३ का भौतीक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमाबाट लगभग छ लाख बराबरको धनमाल चोरी भएको छ । स्थापीतको घरको ढोकाको ताल्चा फुटाएर चोरी भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि दिउसो करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो । सुन लगायत धनमाल चोरी भएको बौद्धप्रहरीमा स्थापीतका छोराले दिएको जाहेरीमा उल्लेख छ ।
चोरी भएको जाहेरीको आधारमा मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video