प्रवासी खबर
Apr 08, 2018
'रोहिंज्याको सुरक्षित घरफिर्ती अझै असम्भव’
 पश्चिम म्यानमारबाट भागेर छिमेकी देश बांग्लादेश पुगेका रोहिंज्या मुसलमानहरुलाई फिर्ता लिन आफू तयार भएकोमा म्यानमार सरकारले जोड दिएपनि उनीहरुलाई सुरक्षित घरफिर्ती गराउन सक्ने अवस्था अझै नबनेको एकजना संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएकी छन्।

सात लाखभन्दा धेरै रोहिंज्या मुसालमानहरू अझै पनि बांग्लादेशमा अलपत्र छन्।

गत वर्ष रोहिंज्याहरूलाई घरफिर्ती गराउन भएको एउटा समझदारी अन्तर्गत कोही पनि म्यानमार फर्किएका छैनन्।

प्रतिदिन ३०० रोहिंज्या फिर्ता पठाइने

रोहिंज्या शरणार्थी फिर्तीबारे भेटवार्ता

अवरोध

रखाइन राज्यस्थित म्यानमारका सेनाले जलाएको तथा भत्काइदिएको गाउँहरूको भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघीय सहायक महासचिव उर्जुला मुलरले बीबीसीसँग कुरा गरेकी थिइन्।

त्यहाँ रहेका शिविरहरूमा सीमित पारिएका चार लाख रोहिंज्याहरू निर्धक्क भएर हिँडडुल गर्ने नसक्ने उनले बताइन्।

रोहिंज्याहरूमाथि भएको दमनको निन्दा गर्न असफल भएको भनेर म्यानमारकी नेत्री आङ सान सू चीको अन्तर्राष्ट्रिय स्तरमा भएको व्यापक आलोचनाको त्यहाँ कुनै प्रभाव नपरेको ती राष्ट्रसंघीय अधिकारीको भनाइ छ।bbc



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video