मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Apr 09, 2018
हङकङमा नेपाली युवा (छोराद्वारा) बाबुको हत्या
काठमाडौँ, चैत २६ गते । हङकङ — एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ ।

मृतक बाबु बाबुराम (बायाँ) र अरोपी मचिन्द्र लिम्बू (दायाँ) । तस्बिर : मृतक र अभियुक्त फेसबुक ।

तीनमध्ये जेठो छोरा र बाबुबीच आइतवार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ। कोठामा अचेत अवस्थामा भेटिएका मृतकको उद्धारका लागि अग्नी नियन्त्रकहरुले ढोका फोड्नु परेको थियो। उपचारको लागि कोङह्वा अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले राति १ बजे मृत घोषित गरेको थियो।
‘दाजु र बाबुको झगडा भएको थाहा पाएर छिमेकी दाईले दिउँसो मलाई कल गरेका रहेछन्, काममा भएकोले थाहा पाइन’, माइलो छोरा विवेकले भने, ‘पछि फोन गर्दा बाबु रगतपच्छे भएको बताउनु भयो र पुलिसलाई खबर गरें।’

विवेकका अनुसार ढोका ढक्ढकाउँदा नखुलेपछि अग्नी नियन्त्रकलाई बोलाइएको थियो। उद्धारकर्मीहरु भित्र पस्दा रगत लत्पतिएको अचेत अवस्थामा भेटिएका बाबुमाथि चुलोमा चलाइने चक्कु प्रहार भएको देखिन्थ्यो। बाबुराम कान्छा छोरासंग मङ्ककस्थित क्यान्टोन रोडमा बस्ने भएपनि जेठो र माइलो छोराहरुपनि नजिकै बस्थे।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बाबु–छोराबीच लेनदेनको विषयमा झगडा परेको बताएको छ। मृतकको एक आफन्तका अनुसार बाबु–छोराबीच पहिलेदेखि नै झगडा हुने र सामान्य रुपमा लिने गरिएको थियो। यस पटकको झगडालाई पनि सामान्य रुपमा लिइदा बाबुको ज्यान गएको हो। समयमै उपचार गरिएको भए ज्यान बच्न सक्ने बताइएको छ।

पुर्ख्यौली घर ताप्लेजुङको फुङलिङ भएका लिम्बु परिवार झापाको पृथ्वीनगर र विर्तामोडका स्थायी बासिन्दा हुन्। मृतकको श्रीमती भने नेपालमै छिन्।bbconline



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video