पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 19, 2018
चोरी तथा हराएको राहदानी प्रयोगबाट हुन सक्ने अपराध रोक्न अप्रेसन मण्डला कार्यक्रम सुभारम्भ, अध्यागमन प्रमुख थपलियाद्धारा कार्यक्रम शुभारम्भ
काठमाडौं । वैशाख ६ । इन्टरपोलबाट प्राप्त सूचनाको आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्य सहित तयार गरिएको अपरेशन मन्डला कार्यक्रम मंगलबारबाट सुभारम्भ भएको छ । 
दक्षिण एसिया तथा दक्षिण पूर्वि एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तराष्ट्रियरुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने संगठित अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागको सहभागितामा उक्त कार्यक्रम सुरुवात गरिएको हो । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दबाट मंगलबार शुभारम्भ भएको छ । 
कार्यक्रमको एक समारोहका विच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दबाट मंगलबार शुभारम्भ गरिएको छ । 
यस कार्यक्रम हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि आगामी बैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिनेछ । कार्यक्रममा इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरिन्छ । 
कार्यक्रममा इन्टरपोल इन्टिग्रेटेड बोडर म्यानेजमेन्ट टास्क र्फोसका संयोजक ह्विक लि लगाएत अध्यागमन  विभाग एवम नेपाल प्रहरीका  अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video