सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 30, 2018
काठमाडौंको मनमैजु पुलमा खुँडा प्रहारबाट नुवाकोटका एक युवक घाइते, खुँडा प्रहार गरी भाग्दै गरेका दुई पक्राउ
काठमाडौं । बैशाख १६ । तारकेश्वर नगरपालीका १० मनमैजु पुलमा नुवाकोटका एक युवकलाई खुँडा प्रहार गरी भाग्दै गरेका दुई युवकलाई महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा न.पा ०३ घर भई हाल का.जि.टोखा न.पा ८ बानियाटार बस्ने बर्ष २१ को सुमन खाती र सिन्धुपाल्चोक कटुन्जे गाँउपालीका ८ घर भई हाल काठमाडौं तारकेश्वर न.पा ११ ईन्द्रायणी पुल बस्ने बर्ष २४ को पेम्बा तामाङ रहेका छन् । 
तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु स्थित पुल नजिकै सडक खण्डमा गोंगबुबाट मनमैजुतर्फ जाँदै गरेको अबस्थामा बैशाख १४ गते राती ९ः३० बजेको समयमा नुवाकोट पन्चकन्या गाउँपालिका ५ घर भई हाल का.जि.ता.न.पा मनमैजु बस्ने बा.२ ज ४८१७ नं.को ट्याक्सी चालक बर्ष २६ को अच्युत कार्कीलाई खाती र तामाङले ट्याक्सी रोकेर खुँडा प्रहार गरेका थिए । 
एक्कासी बाटोमा रोकी कुटपिट तथा धारिलो हतियार खुँडा समेत प्रहार गरी घाईते बनाई भागेको भन्ने सूचना प्राप्त हुनासाथ बालाजु प्रहरी बृत्त कार्यालय मातहत विट बसन्तनगर तथा बालाजु बृत्त समेतबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले निजहरुलाई घटनामा प्रयोग भएको धारिलो हतियार (खुँडा) सहित तत्काल नियन्त्रणमा लिएका हुन् ।
खुँडा प्रहारबाट गम्भिर घाईते भएका ट्याक्सी चालक अच्युत कार्कीको हाल ग्राण्डी अस्पताल धापासीमा उपचार भईरहेको छ । घाइते कार्कीको बायाँ हात, बायाँ खुट्टा लगायत शरिरका अन्य भागमा समेत चोट पटक लागेको र स्थिती खतरा मुक्त रहेको बताइएको छ । 
बालाजु बृत्तका अनुसार प्रहरीको अभिलेख अनुसार पक्राउ अभियुक्तहरु विभिन्न समयमा विभिन्न किसिमको अपराधिक क्रियाकलापहरुमा संलग्न भई आपराधीक मुद्धा शिर्षकहरुमा सजाय पाईसकेका पटके अपराधीहरु हुन ।
No automatic alt text available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video