कृषि/प्रविधि
May 02, 2018
दुश्मनीको पराकाष्टा :किसानले लगाएको ३१ सय केराका बोट काटेर नोक्सान
काठमाडौं । बैशाख १९  पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् ।

सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । ‘केरा काटेर नोक्सान गर्नेहरु पत्ता लगाएर कारवाही गर्न प्रहरीमा उजुरी दिइएको छ,’ उनले भने ।

अध्यक्ष पन्तले १२ जना किसानको केरा नष्ट भएको बताए । एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले अहिले पाँच सय रुपैयाँ आम्दानी गर्छन् । किसानहरुको साढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताए । सबैभन्दा धेरै कालिका–६ की कोपिला दाहालले लगाएको केराका बोटहरु काटिएको छ ।

आफूले १० कट्ठा खेतमा १४ सय बोट केरा लगाएको दाहालले बताइन् । जसमध्ये १३ सय बोट काटेर नष्ट गरिएको छ । ‘मेरो त बेच्ने अवस्थामा पुगेका केराहरु पनि काटिएको छ । बोट मात्रै हो र फल नै काटेर बेच्नै नमिल्ने बनाइएको छ,’ उनले भनिन्, ‘कसले के को रिस फेरेको हो अचम्मै परियो ।’


पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । चितवनमा पछिल्लो समय केराखेती फष्टाउँदै गएको छ ।

‘किसानलाई दुख दिने सताउने उद्देश्यले भएको यो काममा संलग्न जो कोहीलाई पनि चाडै समाएर कारवाही हुनुपर्छ र नोक्सानको क्ष्तिपूर्ति किसानले पाउनु पर्छ,’ केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘प्रशासनले चाडोभन्दा चाडो यो काम गर्नु पर्छ ।’

केरासँगै पाँच कट्ठामा लगाएको मकै पनि नोक्सान गरेको स्थानीयले बताएका छन् ।sajhapage



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video