सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
मनाेरञ्जन/रोचक
May 08, 2018
यिनै हुन मिस पिंकका लागि छनौट भएका १८ जना तेस्रोलिंगी महिला
 काठमाडौं बैशाख २४ – मिस पिंक प्रतियोगिताका लागि छनौट भएका १८ जना तेस्रोलिंगी महिलाको बन्द प्रशिक्षण सुरु भएको छ । देशभरबाट प्रतियोगितामा सहभागी हुन फारम भरेका मध्ये छनौट भएका १८ जनाको बन्द प्रशिक्षण सुरु भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय विरुद्ध हुने घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका दिन मे १७ मा मिस पिंक प्रतियोगिता हुनेछ ।

प्रतियोगिता यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले आयोजना गर्न लागेको हो । बन्द प्रशिक्षणमा छनौट भएकाहरु नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्छन । उनीहरुलाई कोरियोग्राफर राजेश लामा, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय महासंघ नेपालकी कार्यक्रम संयोजक सिमरन सेरचन, पूर्व मिस पिंक एनी लामा लगायतले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको विशेष भूमिका कोरियोग्राफर राशेलले निर्वाह गरेका छन् ।

पहिला खुलेर आउन डराउने, बोल्न नमान्नेहरु अहिले निर्धक्क आफ्नो पहिचान दिन हिच्किचाउँदैनन् । प्रतियोगितामा छनौट भएकाहरु मध्ये कोही संचारमाध्यममा आउन नचाहने छन् कि ? भन्ने पहिचानको जिज्ञासामा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, अहिले सबै खुलेकै तेस्रोलिंगी महिला छन्, उनीहरु आफ्ना कुरा निर्धक्क भन्छन् ।

प्रतियोगिताका लागि छनौट भएकाहरुले मिस पिंकको ताज पहिरिनु भन्दा पनि यो स्टेज पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको वताएका छन् । केही प्रतियोगिले मिस पिंकको ताज नै आफूले पहिरिने विश्वास गरेका छन भने केहीले आफ्नो नाम र ठेगाना मात्रै भनेका छन् । जन्मदा पुरुष तर हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउभाउ हुनेलाई तेस्रोलिंगी महिला भनिन्छ ।

मिस पिंकका लागि छनौट भएकाहरुको नामावली
१ अनिषा धमला धनगढी
२ नैना राउत विरगंज
३ रबिना नेपाल इलाम
४ आकृति क्षेत्रि दमक
५ अवन्तीका घर्ति मगर बुटवल
६ रबिना तामाङ सिन्धुपाल्चोक
७ अन्जेल लामा काठमाडौं
८ आकांक्षा गुरुङ चितवन
९ इशा नेपाल काठमाडौं
१० सिम्पल बिष्ट दाङ
११ साहिरा लामा काठमाडौं
१२ मनिषा लामा सर्लाही
१३ सोफिया लामा काठमाडौं
१४ काजोल बुडाथोकी सिन्धुली
१५ रुबिना भुजेल झापा
१६ मुस्कान गुरुङ लमजुङ
१७ सपनी राना पोखरा
१८ सुष्मा रानाभाट चितवन


        

pahichan.com



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video