काठमाडौं । २५ बैशाख । अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
केन्द्रीय सरकार नयाँ दिल्ली सरकारले मंगलरबारका लागि स्कुल बन्द गरेको छ । भूविज्ञान मन्त्रालयलाई उद्धृत गर्दै दिल्ली सरकारले दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म तीव्र हावाहुरी चल्ने बताएको छ । ५०–५० किमिको तीव्र आँधी आउने चेतावनी दिँदै दिल्ली पुलिसले बाहिर निकिस्नुअघि मौसमबारे बुझ्न आग्रह गरेको छ । यो हप्तामात्र भारतमा आँधीका कारण १ सय २४ जनाले ज्यान गुमाएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।
भारतीय भूविज्ञान मन्त्रालयका अनुसार दिल्लीका अलावा राजस्थान, हरियाणा, चण्डिगढ, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, सिक्किम, उडिसालगायतका राज्यमा मौसमको प्रभाव पर्नेछ ।राजस्थानमा पर्ने भारत–पाकिस्तान सीमामा पनि मौसम परिवर्तन भएको भन्दै हाइअलर्ट जारी गरिएको छ । एक्कासी आएको आँधीले जनजीवन प्रभावित बनाएपछि स्थानीय सरकारले त्यहाँ जनतालाई सतर्क रहन आग्रह गरेको छ ।
यता हरियाणामा पनि मौसम बिग्रिने आशंकामा स्कुन बन्द गरिएको छ । स्कुल बन्द भएपछि त्यहाँका मुख्यमन्त्रीले चासो व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्राइभेट स्कुलहरुले भने केन्द्रीय सरकारले नै कतिपय राज्यमा हाइअलर्ट गरेको भन्दै आफूहरु पनि सतर्क रहन स्कुन बन्द गरेको उल्लेख गरेको छ । हरियाणामा दुई दिन स्कुल बन्द गरिएको छ । nagariknews