गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
May 09, 2018
गाँउपालीकाका अध्यक्ष र उपाध्यक्षको बिबादले गाउँपालिकाको कामनै प्रभावीत
काठमाडौं । बैशाख २६ । गाउँपालिका केन्द्रको बिबादले दोलखाको कालिञ्चोक गाउँपालिकाको कामकाज ठप्प भएको छ । गत बैशाखमा स्थानीय तहको निर्वाचन भएर स्थानीय तह कार्यान्वयनमा आएपनि व्यवस्थित हुन नसक्दा कालिञ्चोकजस्तै धेरै तहहरु अझै पनि अलमलमा छन् ।
गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबीचको बिबाद अहिले उत्कर्षमा पुगेको छ । पाठक अहिले भइरहेको केन्द्र नै यथावत हुनुपर्छ भन्ने पक्षमा छिन् भने अध्यक्ष थामीसहितका धेरैजसो वडा नम्बर ५ को लापिलाङमा केन्द्र सार्नुपर्छ भन्ने पक्षमा छन् । अहिले सुनखानीमा गाउँपालिकाको कार्यालय छ । पाठक अहिलेको ठाउँबाट केन्द्र सार्न नहुने अडानमा छिन् तर प्रमुख र अन्य हरेक ढंगले लापिलाङ नै केन्द्र उपयुक्त भएको भन्दै लविङमा लागेका छन् । ७ र ८ नम्बर वडा मिलेर सुनखानी भएको छ । लापिलाङ हरेक ढंगले केन्द्रको लागि स्वभाविक भएको उनीहरुको तर्क छ । ‘ भौतिक पूर्वाधार र अन्य हिसावले पनि लापिलाङको विकल्प छैन’ स्थानीय बुद्धिजिवी बिबेक खड्काले भने ‘ मैले निस्वार्थ रुपमा भनेको हुँ, योभन्दा अरु कुनै पनि स्थान सबैको लागि पायक पर्दैन ।’ खड्काले बिबाद गरिरहनुपर्ने आवश्यकता नै नभएको बताए । उनले सर्वसम्मत रुपमा नै कार्यालय स्थापना गर्दा राम्रो सन्देश जाने भएकाले त्यसतर्फ प्रयास भइरहेको पनि जनाए ।
सुनखानी र लापिलाङबीच बिबाद बढेपछि केहीले वडा नम्बर ४ को थलारीमा कार्यालय राख्नुपर्छ भनेर भन्दै आएका छन् । तर थलारी जंगलमा भएको, पानी नभएको र अन्य सुविधाले पनि अपायक भएको तर्क छ । सुनखानीमा रहेका केही प्रमुख व्यक्तिहरुको पहलले नै सुनखानीलाई नै कायम राख्नुपर्छ भन्नेको पनि कमी छैन । एमाले नेता तथा लगानी बोर्डका उपाध्यक्ष बालकृष्ण शिवाकोटी, दोलखा –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतले सुनखानीबाट केन्द्र हटाउन नहुने पहल गरेका छन् । राजनीतिमा उपाध्यक्ष पाठकभन्दा अध्यक्ष थामी कमजोर भएकाले पनि पाठकले अध्यक्षको कुरा त्यति सुन्ने गरेकी छैनन् । नेकपा माओवादी (केन्द्र) का यूवा नेता सुरेन्द्र खड्काले हरेक ढंगले लापिलाङ नै केन्द्र बन्न योग्य भएको बताए । ‘संघीयताको मर्म र भावनाका साथै अन्य विषयले पनि लापिलाङ नै स्वभाविक हुन्छ ’ खड्काले भने ‘ यहाँ नेपालकै लोपोन्मुख जाति थामीको पनि बाहुल्यता छ, केहीबाहेक अरुले गुनासो गर्दैनन् ।’ अध्यक्ष थामीको घर ६ नम्बर वडामा पर्छ । यो क्षेत्रमा प्रदेश सभाका सांसद् पशुपति चौलागाई रहेका छन् भने प्रतिनिधिसभामा एकमात्र क्षेत्र रहेको दोलखामा एमालेका नेता पार्वत गुरुङ सांसद् छन् ।
सुनखानी, सुन्द्रावती, कालिञ्चोक, लामिडाँडा, लापिलाङ र बाबरे गाउँ विकास समिति मिलेर कालिञ्चोक गाउँपालिका बनेको थियो । विगतका लामिडाँडा, लापिलाङ, सुनखानी गाविस २ वडामा विभाजित छन् भने बाबरे, कालिञ्चोक र सुन्द्रावती  एउटा मात्र वडामा सीमित छ । यहाँ ९ वटा वडा छन् । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video