स्थानीय सरकार
May 10, 2018
नगरपालिकाकामेयर हत्याको आरोपमा काठमाडौंबाट पक्राउ
 काठमाडौं । वैशाख २७ । हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी सीयाराम कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट कटहरियाका मेयरसमेत रहेका सियाराम कुशवाहालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहिवार काठमाडौंबाट पक्राउ गरेको पुस्कर कार्कीले सेतोपाटीलाई जानकारी दिए।

जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशबाहाबालाई जन्मकैदको सजाँय सुनाएको थियो । उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए ।

वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो। हत्या आरोपी २८ वर्षीय कुशवाहा रौतहटको हथियाही–५ जमुनिया टोलाका बासिन्दा हुन् ।

अर्का अभियुक्त बारा हरैया–८ का २५ वर्षीय अमनप्रसाद कुशवाहालाई पक्राउ गरी वीरगञ्ज कारागारमा चलान गरिसकिएको छ। उनलाई २२ भदौ २०६८ मा प्रहरीले पक्राउ गरेको थियो । अमनकै बयानका आधारमा सीताराम कुशवाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । सेतोपाटी



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video