अपांगता/अल्पसंख्यक
May 11, 2018
अपांगता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन आज समापन हुंदै
काठमाडौं । बैशाख २८ । अपांगता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन आज शुक्रबार समापन हुंदैछ । काठमाडौंको वल्डट्रेड सेन्टरमा जारी सम्मेलन मा बिभिन्न सातवटा सत्रमा अपांगता भएका व्यक्तिहरुका मानव अधिकारको बिषयमा गहन छलफल भइरहेको छ । 
सम्मेलनमा नेपालका सातै प्रदेशबाट करीब दुई सय प्रतिनिधिको उपस्थीति रहेको छ । सम्मेलनको हिजो उदघाटन गदै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अपांगता भएका व्यक्तिको मानवअधिकारका संरक्षण र संवद्र्धन गर्न आयोग तयार रहेको बताए । शर्माले भने “बाहिर सुनेको र पढेको भन्दा धेरै गम्भीर समस्या रहेछ, हामी तपाँईहरुको साथमा छौं” 
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको तर्फबाट पहिलो पटक राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गरेका सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिहरुको समस्या सिंगो राज्यको भएकाले अव त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपांगता भएका व्यक्तिहरुको मानव अधिकारको बिषयमा सरकार जिम्मेवार बन्नुपर्ने बताए । 
आज समापन हुने उक्त सम्मेलनमा बिभिन्न सात बिषयमा सात वटा सत्रको बिभाजन गरेर गहन छलफल भइरहेको छ । हिजो पहिलो सत्रमा छ वटा प्रदेशमा सम्पन्न सम्मेलनबाट आएको निष्कर्षहरुको प्रदेशका अपांगता भएका ब्यक्तिहरुको प्रतिनिधिहरुले प्रस्तुती गरिएको थियो ।
त्यस्तै दोस्रो सत्रमा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रम, तेस्रो सत्रमा अपांगता भएका व्यक्तिहरुको मानव अधिकार कार्यान्वयनका चुनौतिको बिषयमा प्यानल डिस्कसन गरिएको थियो । त्यस्तै चौथो सत्रमा संयुक्त राष्ट्रसंघीय अपांगता सम्बन्धी समितिमा नेपालको प्रतिवेदन र प्राप्त सुझाबको बिषयमा छलफल भएको थियो । त्यस्तै पाँचौ सत्रमा भने उत्प्रेरात्मक प्रस्तुती तथा अन्यय प्रदर्शनहरु गरिएको थियो । 
आज बिहानै सुरु भएको सम्मेलनमा प्रदेश नम्बर तिनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान मानवअधिकारको अवस्थाको बारेमा छलफल गरिने छ भने अपांगता भएका व्यक्तिहरुको मानवअधिकार सम्बन्धी काठमाडौं घोषणापत्र जारी गरेर कार्यक्रम समापन हुने छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video