सेना/ प्रहरी/ शशस्त्र समाचार
May 16, 2018
काठमाडौंको तारकेश्वरबाट दुई पक्राउ
काठमाडौं । जेष्ठ २ । काठमाडौंको तारकेश्वरबाट गैरकानुनी बिदेश पठाउने दुई जना पक्राउ परेका छन् ।
काठमाडौं तारकेश्वर नगरपालिका ८ जरङ्खु बस्नेहरू नवलपरासी गैंडाकोट नगरपालिका १३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा २ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा  राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video