प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Jun 07, 2018
एनटिभिका चर्चीत सञ्चारकर्मी दिपक समिरको निर्देशनमा २३ बर्ष पछि ‘बैगुनी रैछौ मायालु’ गितको म्युजिक भिडीयो निर्माण
काठमाडौं । जेष्ठ २४ । सदाबहार गायक राजेश पायल राईले गाएको बैगुनी रैछौ मायालु बोलको गित नसुन्ने र नरुचाउने सायदै कोहि छैनन होला । राईले आज भन्दा २३ बर्ष अगाडी गाएको उक्त गित आज पनि नेपालमा हिट लिष्टमानै छ । राइले गाएको उक्त गितको अव दुई दशक पछि म्युजिक भिडीयो पनि हेर्न पाइने भएको छ ।
बमजनको रचना र बसन्त मुकारुङ्गको संगीत रहेको उक्त गीतको छांयाङ्कन रेशम दर्लामीले गरेका हुन । म्युजिक भिडीयोमा अभिनय नायक एवं मोडेल श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली (सानु) र बर्षा चौलागाइले गरेका छन् । म्युजिक भिडीयोको निर्देशन नेपाल टेलिभिजनका चर्चित सञ्चारकर्मी दिपक समिरले गरेका छन् । समिरले पहिलो पटक निर्देशन गरेको उक्त भिडीयो सबै हिसाबले उत्कृष्ट रहेको बताइएको छ । उक्त भिडीयो चाँडैनै नेपाली दर्शकहरु हेर्न पाउने छन् । भिडियो निर्माण पछि गीतले नयाँ जीवन पाउने र फेरि एकपटक चर्चाको शिखर चुम्ने विश्वास निर्माण समूहले गरेको छ ।    
समयको मागसँगै भिडियो निर्माण गरिएको गीतका गीतकार भरत बमजनले बताउनुभयो । अधिकांश छांयाङ्कन ललितपुरको लेलेमा गरिएको भिडियोको फरक कथा अत्याधुनिक प्रविधि एवं कलाकारहरुको जीवन्त अभिनयले गर्दा दर्शकले मन पराउने विश्वास निर्देशक समरिले व्यक्त गरे । भिडियो हाल सम्पादनमा रहेको र केही दिनमा सार्वजनिक गरिने तयारी गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video