अपांगता/अल्पसंख्यक
Jun 08, 2018
दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने: की बाँच्ने आधार देउ की मारिदेउ ?

राज्यले योग्यता र क्षमताको कदर नगरेको गुनासो
काठमाडौं, २५ जेठ । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्कालशिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थागर्न माँग गरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप छ ।

सरकारले आफूहरुलाई रोजगारीको व्यवस्थानगरे जीवननिर्वाह भक्ताको व्यवस्थागर्नपनिउनीहरुले माँग गरेका छन् । यदि सरकारले आफूहरुकोलागि केहीपनिगर्न नसक्ने हो भने मारिदिए हुन्छ भन्ने उनीहरुको आक्रोश थियो ।

आफ्नो योग्यता र क्षमताको आधारमाजीवनजिउनखोज्दापनित्यसमा राज्यले कत्तिपनि सहयोग नगरेको भन्दै नेपाल दृष्टि विहिनअपाङ्ग जागरण संघर्ष समितीका सदस्यहरुले गुनासो पोखेका छन् ।

समितिले शुक्रबार रिपोटर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै यस्तो गुनासो र माँगहरु तेर्साएको हो । संघर्ष समितीकाअध्यक्ष सुदिपवलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचितन्यायदिनुपर्ने बताए ।
उनले भने,‘राज्यले हामीलाई न्यायदिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्थाहुनुप¥यो । हामीमाँग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदिहामीमाँग्ने भए देशका सबै गायकतथागायिकामाग्ने हुन, सबै नेतामाँग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजायदिनेभएती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस हामीलाई होईन ।’

कार्यक्रमकाप्रमुखअतिथि राष्ट्रिय अपांगपत्रकार संघ नेपालकाअध्यक्ष रबिन थपलियाले सरकारले अपांगताभएकाव्यक्तिहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्तिजनाएका छन् । हालै आएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेत अपांगताभएकाव्यक्तिहरुको बारेमाकुनै सम्बोधननगरेकोमापनिउनको आक्रोश थियो ।

थपलियाले भने,‘बजेट आउँदापानापाना पल्टाई हेरेको तर अपांगताभएकाव्यक्तिहरुको बारेमाकुनै कार्यक्रम देखिएन, यो हामीहरुप्रतिको ठूलो अपमानहो, हामीलाई यसले चित्तदुखाएको छ।’ त्यस्तै उनले दृष्टिविहीनहरुलाई राज्यले गाँस, बासको व्यवस्थागर्नुपर्ने माँग गरे । उनले थपे,‘यदि राज्यले दृष्टिविहीनहरुलाई सेवातथा सुविधादिन सक्दैन भने उहाँहरुले आफ्नो कामगर्दा कुनै अवरोध गर्नुहुँदैन्।’

त्यसैगरि संघर्ष समितीकाउपाध्यक्षदिपराज परियारले राज्यले अपाङ्गताभएकाव्यक्तिहरुलाईअपहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए ।आफूहरुले पशुपतिनाथमन्दिर परिसरमाकला र गला प्रस्तुतगर्दै आएको तर पशुपतिविकाषकोष र महानगरीय प्रहरी मिलेर बाद्यबाधनको सामाग्रीखोसिएकोमाआक्रोश पोखे ।
उनले भने,‘हामीले बाँच्ने आधार बनाउनआफ्नो कला बेच्नपनिपाएनौँ । हाम्रा सामान लुटियो,हामीलाई जबरजस्तीहातपातगरि लखेटियो।’

त्यसैगरि संघर्ष समितिका सदस्य नेत्रप्रसादकोइरालाले पनि राज्यले अपाङ्ताभएको व्यक्तिलाई हेर्ने अंगनभएकोजानकारी गराए । उनले भने,‘राज्यले कहिल्यैपनिहाम्रोमाग सूनिदिएन । हामीले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी मागेकाहौँ । तर राज्यले हाम्रो वास्ता गरेन । हामी राज्यको कुनअंगहो ?हामी राज्यको नागरिक हो किहोइनौं? सडक चोक, मन्दिरमागाएर पेट पाल्दापनिलखेटियौँ ।’

सरकारले अपाङ्गताभएको व्यक्तिलाई उचितव्यवस्थानगरेकोभन्दै समितीका सदस्यनम्रता ठकुरीलेले राज्यकोयसको बारेमाविशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।

त्यस्तै संघर्ष समितिकिा सदस्यटंक आचार्य रोजगारीको व्यवस्थागर्न माँगगर्दै काठमाडौंकोबौद्धमा आफूहरुलई निर्वाध रुपमागाउनदिनुपर्ने बताए । उनले थपे,‘यदिहोईन भने हाम्रो लागिविकल्पखोजिदिनुपर्यो ।’

कार्यक्रममान्यूजलाईन्स नेपालकाअध्यक्ष राजु भट्ट, अपांगमैत्री नेपालकाअध्यक्षकाजीलालश्रेष्ठ लगायतले अपांगताभएकाव्यक्तिकाविषयमा राज्यगम्भिर बन्नुपर्ने धारणा राखेकाथिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video