सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 13, 2018
काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी सहित चारजना निलम्बन
काठमाडौं । जेष्ठ ३० । काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी सहित दुई प्रहरी निलम्बनमा परेका छन् ।  
निलम्बनमा पर्नेहरुमा प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारी, तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलन कुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकार रहेका छन् । तस्करीमा संलग्न रहेको गम्भीर प्रमाणका आधारमा उनिहरुलाई आज निलम्बन गरेर कारवाही गर्ने प्रक्रिया सुरु भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
जेष्ठ २१ गते सशस्त्र प्रहरी बल, नेपाल अरुण गुल्म चैनपुर संखुवासभाको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।
काठ तस्करीको बारेमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति तथा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय गरी दुई वटा छानवीन समिति गठन गरिएको थियो । हेडक्वाटरको छानवीन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् ।
प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको बताइएको छ । छानवीन समितिले स्थलगत अध्ययन गर्नुकासाथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ ।
तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video