मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Jun 25, 2018
शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभाद्धारा ४३ करोड बजेट तथा कार्यक्रम प्रस्तुत, कुन कार्यक्रमका लागि कति बजेट ?
काठमाडौं । असार ११ । नुवाकोटको शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभा सम्पन्न भएको छ । “शिवपुरी समृद्धि को आधार शिक्षा कृषि पर्यटन र पुर्बाधार” भन्ने मुल अभियानका साथ गाँउपालीकाको कार्यालय शेराबगरमा असार १० गते आयोजना गरिएको गाँउसभाद्धारा आर्थिक बर्ष २०७५÷०७६ को लागि ४३ करोड ५५ हजार रुपयाँ बराबरको बार्षीक योजना तथा बजेट समेत प्रस्तुत गरिएको छ ।
गाँउसभाद्धारा जनसंख्या,भुगोल र मानव सुचांकको आधारमा पछाडी पारीएका समुदायको बस्ती रहेको वडाहरुलाई प्राथमिकताको आधारमा न्युनतम ८८ लाख देखि १ करोड २४ लाख रुपयाँ बिनीयोजन गरिएको छ । प्रत्यक वडा तथा बस्ती भेलाबाट छानीएर आएका ८ वटै वडाका लागि ८ करोड २० लाख रुपयाँ बिनीयोजन गरीएको छ ।   
त्यस्तै दिगो विकासमा सहयोग पु¥याउन प्रत्यक वडाहरुलाई एउटा गौरबको आयोजना संचालनको लागि ५० लाखका दरले थप ४ करोड बिनीयोजन गरिएको छ । न्युनतम ८८ लाख पाउने वडाले एउटा गौरबको आयोजना संचालन बापतको ५० लाख थप सहित  १ करोड ३८ लाख रुपयाँ पाउने छन् ।
त्यस्तै पुर्वाधार, कृषि, सडक बत्ती, बिजुलीको पोल आदीकामा सहलगानीका लागि समपुरक कोष(म्याचीङ फण्ड) का लागि १ करोड ४० लाख रुपयाँ बिनीयोजन गरिएको छ ।
त्यस्तै वडा कार्यालयहरु तथा गाँउपालीकाको भबन र्निमाणका लागि १ करोड ६० लाख बिनीयोजन गरिएको छ । त्यस्तै शिवपुरी गाँउपालीका ७ विर्ताकोचौरमा बि ग्रेडको रंगशाला र्निमाणका लागि २० लाख रुपयाँ बिनीयोजन गरिएको छ । उक्त रंगशालाको लागि गतबर्ष पनि गाँउपालीकाले लगानी गरेका थियो ।
शिवपुरी गाँउपालीका वडा नं १ देखि ८ सम्म जोडने कृषि रिङरोड निर्माणका लागि २५ लाख बजेट बिनीयोजन गरिएको छ । निर्वाचीत भएलगत्तै उक्त कृषि सडक निर्माणका लागि अध्यक्ष रामकृष्ण थापाले महत्वकांक्षी योजना अगाडी सारेका हुन् । कृषि सडकका लागि डिपीआर तयार हुंदै छ । 
शिक्षा, स्वास्थ्य, र कृषिका लागि शसर्त १२ करोड १४ लाख, सामाजीक सुरक्षाभत्ताका लागि ६ करोड बजेट बिनीयोजन गरिएको छ । 
त्यस्तै गाँउसभाले कृषि तर्फको आयोजनाहरुका लागि ५५ लाख, पशु, बन, वातावरण, लक्षीत बर्गहरुका लागि समेत आवश्यक बजेट बिनीयोजन गरेको छ । 
तेस्रो गाँउसभामा गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको नीति तथा कार्यक्रममा मत बिभाजन हुंदामा बहुमत सदस्यहरुद्धारा कार्यक्रम पास भएको थियो । त्यस्तै उपाध्यक्ष मञ्जु केसीले पेश गर्नुभएको बिनीयोजन विद्ययेक, बजेट एवं कार्यक्रम समेत सर्वसम्मत रुपमा पास भएको थियो । 
अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको आर्थिक बर्ष २०७५÷०७६ को बजेट तथा कार्यक्रममा नेपाली काँग्रेसबाटै बिजयी भएका वडा नं ४ का वडा अध्यक्ष झमक गुरुङ, वडा नं २ का वडा अध्यक्ष रुद्र बहादुर गुरुङ र वडा नं ३ को कार्यपालीका सदस्य सृजना तामाङले असन्तुष्टी व्यक्त गदै बिरोध गरेका थिए । तर वडा नं ५ का एमालेबाट बिजयी भएका वडा अध्यक्ष सिताराम थापा सहितका सबै बिजयी समुहले भने प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बस्तुनिष्ठ र यथार्थपरक रहेको भन्दै हस्ताक्षर गरेका थिए । 
Image may contain: 2 people
गाँउपालीका अध्यक्ष रामकृष्ण थापाले नीति तथा कार्यक्रम पास गर्ने बेलामा आफनै पार्टीबाट बिजयी भएका जनप्रतिनिधिहरु प्रतिपक्षको भुमिकामा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो “ प्रतिपक्षका केहि जनप्रतिनिधिहरुले समेत सहयोग गरेको अवस्थामा हाम्रै साथीहरु किन बटारीनुभयो मैले बुझन सकिन” थापाले प्रतिपक्षको जस्तै खरो बिरोधमा उत्रनेहरुका बारेमा पार्टीलाई लिखीत जानकारी दिने बताए । 
थापाले समानुपातीक रुपमा प्रत्यक वडालाई बजेट बिनीयोजन गर्दामा मानव सुचांकमा तल रहेका बस्तीहरु तथा जनसंख्या,भुगोललाई अन्याय हुने भएकाले त्यसै मापदण्डका आधारमा न्युनतम ८८ लाख देखि १ करोड २४ लाख सम्म बजेट बिनीयोजन गरेको बताए । थापाले बजेट बिनीयोजनमा आफुहरुले कुनै वडालाई अन्याय नगरेको बताँउदै बखेडा झिक्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।
Image may contain: 4 people, people sitting
 
कुन वडालाई कति रकम ?

वस्ती तथा वडा भेलाबाट आएका आयोजनाहरुका लागि ८ करोड २० लाख बिनीयोजन गरिएको छ भने दिगो पुर्वाधार विकासका लागि प्रत्यक वडालाई १÷१ वटा गौरबको योजना निमार्णका लागि थप ५०÷५० लाख रुपयाँ बिनीयोजन गरिएको छ । 

वडा नं १ ः  १ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख
वडा नं २ ः ९० लाख + ५० लाख गरी १ करोड ४० लाख
वडा नं  ३ ः ९६ लाख + ५० लाख गरी १ करोड ४६ लाख
वडा नं ४ ः ८८ लाख + ५० लाख गरी १ करोड ३८ लाख
वडा नं ५ ः १ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख
वडा नं ६ ः १ करोड ९ लाख + ५० लाख गरी १ करोड ५९ लाख
वडा नं ७ ः ८९ लाख + ५० लाख गरी १ करोड ३९ लाख
वडा नं ८ ः १ करोड + ५० लाख गरी १ करोड ५० लाख
Image may contain: 2 people, people sitting

शिवपुरी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले सानो रकमको आयोजना निर्माण गर्दामा दिगो काम नहुने भएकाले यसपटक देखि प्रत्यक वडालाई एउटा कार्यक्रम छनौट गरी गौरबको आयोजनको रुपमा लैजानको लागि थप ५० लाख बिनीयोजन गरेको बताए । 
Image may contain: 1 person
Image may contain: 7 people, people sitting and indoor Image may contain: 9 people, people sitting
Image may contain: 17 people, including Kunjan Nepali, people smiling, people standing and indoor
sfdf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video