कृषि/प्रविधि
Jun 29, 2018
सडक बनाउन माग गर्दै जोरपाटीमा व्यङग्यात्मक कवि गोष्ठी, हिलाम्य सडकमा रोपाई
निर्मल अर्याल । काठमाडौं । असार १५ । बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम शुरु भएको करिव दुई बर्ष हुँदा समेत निर्माण काम पुरा हुन नसक्दा स्थानीय ठूलो मारमा परेका छन् । यस सडक खण्डको दुरावस्थाका कारण दैनिक ओहोरदोहोर गर्ने लाखौं जनता तथा स्थानीय प्रताडित भइरहँदा समेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल गरेका छैनन् ।

यसैबीच चावहिल–जोरपाटी–साँखु सडक खण्ड समयमा निर्माण गर्न सरोकारवाला निकायलाई दबाब दिने उद्येश्यले शुक्रबार जोरपाटी ओरालोमा व्यङग्यात्मक  सडक कबिता बाचन कार्यक्रम गरियो । कार्यक्रम अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कबि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको  संयुक्त आयोजना भएको हो । कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो । कार्यक्रममा साहित्यकार पूर्ण प्रसाद पन्त ,ओम प्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल,  लगायत अन्य कविले  आफ्नो कबिता र गीत मार्फत हिलाम्मे सडक माथि व्यंग्य गर्नु भएको थियो । कवित तथा गीत मार्फत उनीहरुले जनप्रतिनिधि तथा प्रशासन विरुद्ध कडा आक्रोश पोखेका थिए । सामाजिक अभियन्ता कुमार राज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी ,साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको बिषयमा नागरिक दवाब अभियान संचालन गरिएको बताउनुभयो । पीडित जनताको  धैर्यताको बाँध पनि फुट्नै लागिसकेको अवस्थामा चाँडो सडक निर्माण गर्नको लागि दबाबका अन्य कार्यक्रम अघि ल्याउने समेत सुवेदीले बताउनुभयो । वर्षौ बितिसक्दा पनि सडक निर्माण नगरी राज्यले जनतामाथि ठूलो अपराध गरेको सुवेदीको भनाइ थियो । सडकको दुरावस्थाप्रति राज्यको ध्यानाकर्षण गर्न हिलाम्य सडकमा सुवेदीकै नेतृत्वमा रोपाई समेत गरिएको थियो । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video