शिवपुरी गाँउपालीकाको आफनै लगानीमा बन्न लागेको पहिलो वडाभबन थानापतिमा शिलान्यास,४४ लाखमा बन्दै छ यस्तो भबन
रबिन थपलिया । काठमाडौं । असार १९ । नुवाकोटको शिवपुरी गाँउपालीकाको आफनै बजेटमा बन्न लागेको वडा नं ८ थानापतिको वडा कार्यालय भबनको आज शिलान्यास गरिएको छ । गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले आज बैदिक हिन्दु परम्परा अनुसार उक्त भबनको शिलान्यास गर्नुभएको हो ।
भबन शिलान्यास गदै शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले शिलान्यास गरिएको भबन एकबर्ष भित्रै निर्माण हुने बताँउदै वडा कार्यालय बनेपछि सर्वसाधारणलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

थापाले गाँउपालीकाको आठ वटा वडा मध्य थानापतिलाईनै रोजेर पहिलो वडा भबन निर्माणको साझा जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । थापाले शिवपुरी गाँउपालीका आठ थानापतिले आर्थिक बर्ष २०७५÷०७६ को बजेट बनाँउदा टुक्रे योजनामा बजेट छरेकोमा दुख व्यक्त गदै वडालाई गौरबको योजनाका लागि पठाइएको ५० लाखबाट उचित योजना छनौट गर्न सुझाब दिनुभयो ।
शिलान्यास कार्यक्रममा शिवपुरी गाँउपालीका आठ थानापतिका वडा अध्यक्ष पदम थपलियाले वडा भबनको निर्माण पछि सेवाग्राही जनतालाई सहज हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय निकाय निर्वाचनमा एमालेका तर्फबाट गाँउपालीकाका उम्मेद्धवार पदम उप्रेती, श्री जनज्ञान क्याम्पसका प्राचार्य ताराप्रसाद पाठक, नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि मानबहादुर थपलिया, शिवपुरी गाँउपालीकाका कार्यपालीका सदस्य कुञ्जन नेपाली, गाँउपालीकाका सदस्य दिपक थपलिया, रामशरण थापा तथा गाँउपालीकाका पदाधीकारीहरु, एवं स्थानीयवासीहरुको उपस्थीति रहेको थियो ।
शिवपुरी गाँउपालीकाको आफनै भबन नहुंदा लामो समय देखि भाडामा कार्यालय लिएर बस्दै आएको छ ।
Enginagar construction ले तयार गरेको पुर्ण भुकम्प प्रतिरोधी थानापतिको वडा भबन करीब ४४ लाखको लागतमा निर्माण हुने छ । भबन ८ कोठाको दुईतले वडा कार्यालयको आधुनीक र सुविधा सम्पन्न उक्त भबन अपांगता र बाल मैत्री भबन बन्ने छ ।
यस अघि शिवपुरी गाँउपालीका वडा नं ४ को वडा भबन एक दात्री कम्पनीले निर्माण गरिदिएको छ ।
तस्वीर बिमला कोइरालाको फेसबुकबाट ।