प्रवासी खबर
Jul 04, 2018
अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा
 वासिङटन, असार २०  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढीरहेको बताउनुभएको छ  

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिनुभयो । 

सिंगापुरमा गत महिना भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाका बीचमा विभिन्न चरणमा संवादको क्रम चलिरहेको छ । 

“उत्तर कोरियासँगका धेरै राम्रा छलफलहरू सकारात्मक तरिकाले अगाडि बढीरहेका छन्,” राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ । (एएफपी)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video