विचार/अन्तरवार्ता
Sep 03, 2014
नेपाललाई थप 'रिजिलियन्ट' बनाउनका लागि अमेरिकी शिखर बैठकद्वारा नयाँ उपाय र ७ करोड डलरसम्मको कोषको घोषणा

नेपालस्थित अमेरिकी मिसनले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) मार्फत आज तीन नयाँ कार्यक्रमहरू घोषणा गरेको छ । ७ करोड अमेरिकी डलरसम्मका ती कार्यक्रमहरूले समुदायहरूलाई प्राकृतिक विपद् तथा अन्य तनावहरूबाट अझ चाँडो सामान्य स्थितिमा फर्कन मद्दत गर्नेछन् । काठमाडौँमा आयोजित रिजिलियन्स (जोखिम बहन गर्नसक्ने क्षमता वा उठनशीलता) सम्बन्धी शिखर बैठकमा सो घोषणा गरिएको हो । चरम गरिबी, खाद्य सुरक्षा तथा जलवायु आघात जस्ता जटिल र अन्तरसम्बन्धित चुनौतीहरूलाई समाधान गर्नका लागि नयाँ मोडलहरूको खोजी गर्न शिखर बैठकले सरकारी अधिकारी र विकास विज्ञहरूलाई एक ठाउँमा ल्याएको थियो । नेपाल सरकारको नेतृत्वमा काम गर्दै अमेरिकी सरकारले थप ज्यान बचाउने र जीवनस्तर सुधार गर्ने, समावेशी आर्थिक वृद्धि निर्माण गर्ने तथा मानवीय सहायताको आवश्यकतालाई न्यून गर्ने लक्ष्य लिएको छ ।

 

शिखर बैठकमा बोल्दै अमेरिकी राजदूत पिटर बोडीले भन्‍नुभयो, गरिबीविरुद्धको लडाइँ जित्‍ने हो भने रिजिलियन्स अत्यावश्यक छ । हामी बाढीपहिरोको रोकथाम गर्न सक्दैनौँ भन्‍ने कुरा हामीलाई थाहा छ । तर यस्ता विपत्तिहरूले परिवारहरूलाई विक्षिप्‍त नपारून् वा दु:खले आर्जेका विकासका उपलब्धिहरूलाई न्यून नपारून् भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि हामी अझ मेहनतका साथ र थप रणनीतिक हिसाबले काम गर्नसक्छौँ ।

 

प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले भन्‍नुभयो, नेपाल सरकारले उठनशीलतालाई विपद्‌को प्रभावलाई कम गर्दै गरिबी निवारण गर्न र दिगो विकास प्रवर्द्धन गर्न सहयोग गर्ने एक महत्त्वपूर्ण ढाँचाका रूपमा हेरेको छ । त्यसका लागि सिर्जनशीलता, नवीनता र अन्तर-क्षेत्रीय साझेदारी चाहिन्छ, र यूएसआईडीले यस महत्त्वपूर्ण प्राथमिकतामाथि जोड दिएको देख्दा हामीलाई खुशी लागेको छ ।

 

यूएसआईडीका तीन नयाँ उठनशीलतासम्बन्धी परियोजनाहरू यस प्रकार छन्:

 

७ करोड डलरसम्मको सामुदायिक उठनशीलता कार्यक्रम ले विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनलाई यूएसएआईडीले नेपालमा गरिरहेका खाद्य तथा पोषण सुरक्षासम्बन्धी प्रयासहरूसँग एकीकृत गर्दछ । नेपालको एक चौथाई जनसङ्ख्या प्रति दिन १.२५ डलरको अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ, र नेपालका पहाडी क्षेत्रमा बस्ने सबैभन्दा सङ्कटाभीमुख अन्दाजी ५० लाख मानिसहरूलाई यस कार्यक्रमले लाभ पुर्‍याउनेछ ।

 

बाढीसम्बन्धी पूर्वसूचना दिने ५ लाख डलरको नवीनतम प्रणाली: पूर्वी क्षेत्रका समुदायहरूलाई बाढीबाट जोगाउन मद्दत गर्नका लागि यूएसएआईडीको विदेश विपद् सहायता कार्यालयले पूर्वसूचना दिने प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्नेछ । परियोजनाले बाढीको जोखिममा रहेका नदीहरूमा मापन यन्त्रहरू जडान गर्नेछ र एसएमएस तथा ईमेल प्रयोग गरी जिल्ला निकायहरूलाई ताजा सूचना उपलब्ध गराउनेछ । बाढी आएको खण्डमा यसले ज्यान बचाउन सहयोग गर्नेछ ।

 

उठनशीलताका लागि १ लाखको विज्ञान तथा प्रविधि प्रतियोगिता नेपालमा दिगो खाद्य सुरक्षा निर्माण गर्नलाई साहसी र नवीनतम समाधानका लागि आह्वान । प्रतियोगिता भदौ १९ गते खुल्नेछ र मुख्य गरी मध्य तथा सुदूर पश्‍चिमका जिल्लाहरूमा केन्द्रित व्यक्ति, गैर-मुनाफामूलक संस्था, शैक्षिक संस्था र निजी क्षेत्रका लागि खुला रहनेछ ।

 

पृष्ठभूमि केही तथ्यहरू

 

·         विगत ३० वर्षमा दोहोरिँदा सङ्कटहरूको फलस्वरूप विश्‍वभर ३.८ ट्रिलियन डलरको कुल विकास क्षति भएको छ । विश्‍व बैङ्कका अनुसार दोहोरिँदा सङ्कटहरूको फलस्वरूप प्रत्येक ३ डलरमा १ डलरको विकास कोषको क्षति हुन्छ ।

विगत ३० वर्षमा मौसमसँग सम्बन्धित विपद्‌हरूको सङ्ख्या तेब्बर भएको छ । सन् २०१३ सबैभन्दा बढी विपद् भएको वर्ष हुन पुग्यो । यस वर्षका अभूतपूर्व बाढी र पहिराले देशभर पहिलेदेखि नै सबैभन्दा बढी जोखिममा रहेका हजारौँ नेपालीहरूलाई प्रभावित गरे । यस्ता बाढीपहिरा बढ्दो मौसम तथा जलवायु परिवर्तनले उत्पन्न गरेका विपद्हरूका उदाहरण हुन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video