सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 07, 2018
केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान
 रत्ननगर, चितवन,  असार २३ ।  पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । 

सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । 

डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको रु १५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए । 
Image result for केरा

सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य पाँच जनालाई पनि अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसक्दा कारागार चलान भएको आचार्यले बताउनुभयो । अझै उक्त मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video