गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Jul 08, 2018
चुरे संरक्षण हुन नसके मधेश मरुभूमि हुन्छ प्रदेश प्रमुख कायस्थ
 महेन्द्रनगर (धनुषा) असार २३  प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणी तथा पूर्वतर्फको मधेशको भूभाग मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गर्नुभएको छ । 

सेवा निवृत्त कर्मचारी परिषद्को १५ आँैधारणसभाको जनकपुरधाममा हिजो उद्घाटन गर्दै उहाँले सेवानिवृत्त कर्मचारीसँग विशेष अनुभव रहेकाले आ–आफ्नै अनुभवका आधारमा मधेशको भूभाग मरुभूमि हुनबाट जोगाउन निजामती कर्मचारीहरूसँग सहकार्य गरी समय समयमा सुझाव दिनुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले संघीय सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आफूलाई महशुस हुँदै गइरहेको बताउनुभयो । 

अर्का प्रदेशसभा सदस्य रामआशिष यादवले सेवानिवृत कर्मचारीहरू प्रायः ज्येष्ठ नागरिक हुने गरेको र त्यस उमेरमा विभिन्न खाले मानसिक तनाव रहेकाले तनावमुक्त हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा परिषद्का सेवानिवृत कर्मचारीले संगठनको अवस्था हाल अत्यन्तै कमजोर रहेकाले सबल तथा मजबुत बनाउन उपयुक्त सल्लाह दिँदै आआफ्नो धारणा राखेका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video