विचार/अन्तरवार्ता
Sep 03, 2014
साम्बो खेलको भविश्य नेपालमा छ ः श्रेष्ठ
धनन्जय श्रेष्ठ प्रवाशी व्यवसायी हुनुहुन्छ । २०२५ सालमा काठमाडौमा जन्मनुभएका श्रेष्ठ १९८८ मा रुसको मस्कोमा रहेर व्यापार व्यवसाय गदै आउनु भएको छ । नेपाली ह्याण्डीक्राप्टका सामान तथा भारतीय हर्वलका सामानको मस्कोमा व्यवसाय गदै आउनु भएको श्रेष्ठ एक सफल व्यवसायी हुनुहुन्छ । श्रेष्ठको परिचय सफल व्यवसायी मात्र नभई नेपाल साम्बो फेडरेशनका अध्यक्ष पनि हुनुहुन्छ । नेपालमा साम्बो खेलको बिकास र बिस्तारमा लाग्नु भएका श्रेष्ठले खेलका अलावा नेपालका बिभिन्न सामाजीक क्षेत्रमा पनि सहयोग गदै आउनु भएको छ । प्रस्तुत छ सगरमाथा पोष्टका लागि सम्पादक रबिन थपलियाले नेपालबाट मस्को र्फकन लाग्नु भएका श्रेष्ठसंग लिनुभएको अन्तरवार्ताको सारसंक्षेप ।

नेपाल साम्बोे फेडरेसनका अध्यक्ष हुनुहुन्छ यो साम्बोे खेल भनेको कस्तो खेल हो ?
साम्बोे भनेको रसियन मार्सल आट हो । यसमा दुई किसिमको हुन्छ । एककिसिमको चाहि समातेर पछार्ने र अर्को किसिमको चाहि फुल कन्डक्ट पछार्ने पनि कुटने सवै किसिमको मिक्स मासल आर्ट जस्तो खेल हो ।
साम्बोे खेल नेपालमा कसरी र कहिले भित्रीएको हो ?
यो खासै नेपालमा सन् २००७ देखि रजिस्टर भएर रहेको थियो तर एकदम प्यासीव रुपमा रहेको थियो । २०१० मा एसियन फेडरेसनका अध्यक्ष आएर मलाई अध्यक्ष वनाउनु भयो । म अध्यक्ष भए लगलै ३ महिना भित्रै मैले नेसनल च्याम्पीएनसीप गराउन सफल भए । त्यहि वर्ष मैले साउथ एसियन च्याम्पिनसिप पनि गराए । अहिलेसम्म तेस्रो च्याम्पीएनसीप गराइसके, साथै हरेक वर्ष विदेशमा हाम्रो खेलाडीहरुले गएर अन्तराष्ट्रिय च्याम्पीयनसीपमा समेत भाग लिने गरेका छन् ।
नेपाली खेलाडीहरुवाट विदेशी च्याम्पीयनसीपमा कस्तो प्रतिफल आई रहेको छ ?
राम्रै प्रतिफल आएको छ । विश्व साम्बो र एशियन साम्बो च्याम्पीयनसिपमा नेपालले पदको हात खालि रहनु परेको छैन् ।
साम्बोे खेल कुन कुन देशमा खेलिन्छ ?
अहिले सम्म १०४ देशमा खेलिन्छ सवैभन्दा राम्रो चाहिँ सेन्टर रसियामा एकदमै राम्रो खेलिन्छ । खासगरी १९३८ मा रसियाले आफ्नो आर्मीलाई मात्र सिकाउने बाहिरलाई थाहा गरेको थिएन एकदम सेप्रेट मात्रै थियो । १९६० मा सवैले खेल्न पाउने गरे  तर १९५७ मा गएर नेपालका टोलीहरुपनि साम्वोको झन्डा लिएर रसिया राजदुतावास पुगेका रेकर्डहरु साम्बोे फेडरेसनका अफीसहरुमा थुपै छन् ।
साम्वो खेलमा अरु खेलभन्दा के के कुरा पृथक छन् ?
साम्बोेको नाम रसियामा के भन्छ भने सेल्फ (डिफेन्स उइथआउट) आफुले आफैलाई डिफेन्स गर्ने । यसले सिधै रक्षा गर्ने होइन खेल खेल्ने मान्छेमा इम्युनीटि पावर वढछ । बाहिरको कुनै व्याक्टेरीया भाइरसले छुन सक्दैन त्यसवाट पनि डिफेन्स भो त्याहाँ देखि लिएर हरेक किसिमको डिफेन्स आफ्नो डिफेन्सका लागि एउटा नियम बनाएर खेलिने खेल हो ।
नेपालमा साम्बोे खेलका खेलाडिहरुको संख्या कति रहेका छन् ?
खेल्ने त थुपै छन् । डेढ सय दुईसय खेलेडी छन् कस्तो भने सवैलाई एकठाँउमा राखेर गणना गरिएको छैन् । सन् २०११ सालमा अन्तराष्ट्रिय साम्बो फेडरेसनवाट प्रशिक्षक ल्याएर आफ्नो खेलाडिहरु मात्र होइन बाहिर शशस्त्र प्रहरीका समेत डेढ सय दुईसय खेलाडीहरुलाई प्रशिक्षण दिएका छौं ।
कस्तो प्रतिक्रिया पाउनुभयो त सशस्त्र प्रहरीहरुवाट ?
ससस्त्र प्रहरीबाट एकदमै राम्रो प्रतिक्रया प्राप्त भएको छ । दुईजना राम्रा खेलाडी समेत उत्पादन भएको छ । अन्तराष्ट्रिय साम्बाो प्रतियोगितामा सहभागी भएर पदक समेत ल्याइसकेका छन् । समग्रहमा एकदमै राम्रो छ ।
अव नेपाल प्रहरी आर्मीहरुलाई सिकाउने योजना छ कि छैन् ?
प्रयासहरु भएका छन् कुन माध्यमबाट सकिन्छ हामी छलफलकै क्रममा छौ ।  
नेपालमा साम्बोे खेलको भविष्य कस्तो देख्नु भएको छ ?
अरु मार्सल आर्टको तुलनामा साम्बोे खेलको भविष्य मैले एकदमै राम्रो देखिरहेको छु  । किनभने साम्बोे अरु मार्सल आर्ट भन्दा भिन्न रुपमा रहेको छ अरु मार्सल आर्ट, कराँते भन्छ टाइकान्दोे भन्छ खाली त्यसमा हातले हान्ने खुट्टाले हान्ने समातेर पछार्ने तर जुडोमा समातेर पर्छान, सकिने हातले, खुट्टाले हान्न पाइदैन । तर आर्मी पुलीसहरुको तालीममा  समस्या हुन्छ हातले हान्ने भन्दा पनि समातेर पछार्ने सवभन्दा बढि हुन्छ । यस खेललाई फुल मिक्स मार्सल आर्टको रुपमा लिन सकिने भएकाले यसको भविष्य एकदमै राम्रो देखिन्छ ।
यो खेललाई भविष्यमा नेपालमा विकसीत गदै लैजाने के कस्तो रणनीति बनाउनु भएको छ ?
काठमाडौंमा मात्र यसको डोजो नराखेर नेपाल भर यसलाई विकसित वनाउदै लैजाने तयारीमा छौ । काठमाडौंमा केबल तीन चार वटा डोजो मात्र राखेर नेपालको अन्य जिल्लाहरुमा यस खेललाई राम्रोसँग सिकाएर प्रचार गरेर विकास गदै लैजाने सोचाइ रहेको छ ।

तपाई एउटा प्रवाशी व्यवसायी हुनुहुन्छ साथै खेलकुद र व्यवसायलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
खेलकुद सवैको लागि अपरिहार्य कुरा हो ।  कुनैपनि व्यावसाय संचालन गर्दा एककिसिमको नियममा गर्नु पदर्छ त्यो नियम खेलवाट सिकिन्छ । खेललाई कुनै पनि राजनिति वा व्यावसायको रुपमा नहेरेर छुट्टै रुपमा स्वच्छ रुपमा हेर्नु पर्छ । मेरो व्यावसाय भन्दापनि पहिलो प्राथमिकता खेललाई दिने गरेको छु । समय भन्नेकुरा आफुले चाहेपछि जसरी भएपनि निकालिन्छ । खाने मुखलाई जुगाँले छेक्दैन म आफु खेलाडी भएका कारण पनि व्यवसायबाट बचेको समय आफुलाई खेल प्रति समर्पण गराउन मन लाग्छ । यदि साँच्चै कुनै कुरामा मन जान्छ भने समय निस्कीहाल्छ नि ।

यो साम्बोे खेललाई विकास गर्नका लागि याहाले कस्तो सहयोग पाइरहनु भएको छ ?
यो खेललाई सुरुदेखिनै मैले आफ्नो खर्च गरेर संचालन गदै आइरहेको छु । हाल आएर राष्ट्रिय खेलकुद परिषदले सहयोग गदै आइरहेको छ । ओलम्पीक कमिटिले पनि सहयोग गरिरहेका छ । त्यस्तै अलिअलि मेरा व्यावसायी साथीहरुले पनि सहयोग गरिरहनु भएको छ । यसरीनै साम्बोेलाई चलाउदै आइरहेका छौ ।
तपाई मस्कोका सफल नेपाली व्यावसायी हुनुहुन्छ मस्कोमा हाम्रा अरु नेपाली व्यवसायीहरुको अवस्था कस्तो रहेको छ ?
चार पाँच सय भन्दा वढि छन् हाम्रा नेपाली व्यावसाहीहरुले मस्कोमा समयको माग अनुसार व्यावसाय गर्न नसकेको हो कि जस्तो लाग्छ । चाहे जस्तो व्यवसायबाट प्रतिफल पाइरहेका छैनन् ।
मस्कोमा रहेको नेपालीहरुको खास समस्या के छ ?
मस्कोमा रहेका नेपालीहरुको खासै त्यस्तो समस्या केहि छैन ।त्यहा रहेका नेपालीहरु सवै लिगल हुनुहुन्छ इलिगल रुपमा कोही रहनुभएको छैन् । आ आफ्नो व्यावसाय गरेर वसिरहनु भएको छ नयाँ आउनेहरु पनि वर्क प्रमिट लिएर आफ्नो काम गदै आइरहनुभएको छ ।
मस्कोमा एन .आर .एन को भुमीका कस्तो रहेको छ ?
ठिकै छ चलिरहेकै छ । जो एन आर एन मा लागीरहेका छन तिनीहरुको भुमिका छुट्टै छ यसमा उनीहरु खुसी छन् ।
अन्तमा यहाँ एउटा व्यावसायी खेलको संस्थापकको हिसावले नेपाल र नेपाली जनताहरुलाई दिनुपर्ने सन्देश के छ ?
म कुनैपनि चिजमा सफल्ता पाउन उसले विविध क्रियाकलाप गर्नुपर्छ । त्यसका लागि योगा गरेर मन मष्तिस्कलाई स्वच्छ राख्नु पर्छ । साथै विभिन्न खेल तथा कसरत गर्नुपर्छ  विहान उठेर विस पचिस मिनेट दौडने योपनि एक किसिमको खेलै हो । यस्ता खेलको माध्यमवाट मानिसहरुले तन्दुरुस्ती तथा निरोगीता पाउनुको साथै जिवनमा सफलता प्राप्त गर्न सकिन्छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video