विचार/अन्तरवार्ता
Jul 14, 2018
डा गोविन्द केसीको अनसन र मार्सी चामलको भात
राजेन्द्र प्रकाश लोहनी । काठमाडौं । असार ३० । अहिले गोबिन्द केसीले स्वास्थ शिक्षा सुधारको माग राख्दै पछिल्लो पटक संसदमा प्रस्तुत सरकारी बिद्ययकको बिरोधमा अनसन बस्नु भयको छ । डा केसीको बिषयलाई लिएर अहिले देश पक्ष र बिपक्षमा बाँडिएको छ । अबश्य पनि शिक्षा सर्बशुलभ, स्तरिय, हुनुपर्छ । झन स्वस्थ शिक्षा त शुलभ र स्तरिय हुनुपर्छ भन्नेमा दुई मत नहोला । सबैको चिन्ताको बिषय हो कि कतै यस्तो शिक्षा क्षमता हुदाहुदै पनि सर्बसाधारण को पहुच बाहिर नजायोस । यस्तो शिक्षालाई ब्यपारको बिषय नबनाइयोस । 
के यस्तो अहम बिषयलाई गोबिन्द केसीको जिबन संग जोडेर बहश चलाउनु कति उचित हो ? अझ नेपाली काँग्रेस जस्तो पटक पटक सरकार चलाइ सकेको पार्टी आफ्नै सरकारको बेलाको समस्यालाई पार्टिको साख बढाउने हतियारको रुपमा स्तमाल गर्नु किमार्थ मनासीव मान्न सकिदैन । बिद्ययक बनाउने र पास गर्ने अधिकार अबश्य पनि सरकार र संसदको हो । सरोकारवाला संस्था, बुद्दिजिवि, नागरिक समाजको भनाइलाई मनन गर्दा राम्रै हुन्छ र गर्नु पर्दछ । किनकि संसदबाट निर्मित कानुन लागु हुने भनेको आम जनता र यहि समुदाय माथि नै हो ।  यस्तो अहम र आम सरोकारको बिषयलाई कसैको पनि जित र हारको स्थितिमा लैजानु बुद्धिमत्ता होइन ।  मेरो गोरुको बार्है् टक्का कसैले पनि भन्नु हुदैन । 
अहिले सामाजिक सञ्जालहरुमा त मार्शि चमलको भातसंग जोडेर अमर्यादीत र अराजनैक ढङ बाट बहस चलाइयको छ । कुनै बेला कुनै सन्दर्भमा दुईटा पार्टिका नेताहरु भेट्ने सन्दर्भ त्यो घरमा संयोग पर्यो होला । हामी नेपालीको चलननै छ पाउना बोलाएपछि आफु काहाँ भए सम्मको मिठो मसिनो बनाएर खुवाउने । ति साथीले पनि त्यसै गर्नु भयो होला । यहि कुरालाई देशको प्रधानमन्त्री र प्रमुख पार्टिका प्रमुखहरु संग जोडेर बहस चलाउनु भनेको मुल बिषयलाई बिषयन्तर गर्नु हो । आज कातिपुर दैनिकमा भारतिय नेता शशि थरर को लेख प्रकाशीत भएको छ । उहाँ भन्नुहुन्छ  “सामजिक सञ्जालमा बहस गर्नु भनेको आणबिक क्षेत्रमा कदम राखे सरह हुन्छ” । आफ्नो सुरक्षागर्न नसक्ने अबस्था भएको ब्यक्ति पुर्ण रुपमा ध्वस्त हुन्छ । त्यसकारण यस्ता हतियार चलाएर अर्काको तेजोबोध गर्दै ब्यक्तित्व निर्माण गर्न अब्यस्त भयका र निर्माण गर्न लागिपर्नुभयका हामी सबैले समयमा नै यस्ता कुरामा ध्यान दिनु जरुरी छ ।  
हामीलाई यहाँ शुलभ, स्तरिय शिक्षा जुन सबै नेपालीको पहुचभित्र होस । चाहिएको छ । यो कसरी हाशिल हुन्छ भन्नेमा लागौ । गलत हतियार एक अर्को प्रति प्रयोग नगरी समस्याको सही समाधान खोज्नु सबैको हितमा छ । देश सञ्चालन गरिराखेको नाताले समाधान खोज्ने जिम्मेवारि पहिला सरकार को नै हो । अलिकता लचिलो हुदा समाधान निस्कन्छ भने लचिलो हुनु बुद्धिमत्ता काम नै हुन्छ । बिजय सरकार को नै हुनेछ ।
 
लोहनीको बिचार हामीले उहाँको फेसबुक वालबाट लिएका हौं । लोहनी पुर्वसंसद हुनुहुन्छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video