अपांगता/अल्पसंख्यक
Sep 04, 2014
नेपाल अपांग विद्यार्थी संघद्धारा नेविसंघको महाधिवेशनमा १० जना अपांगता विद्यार्थीको प्रतिनिधित्व गराउन माग
काठमाडौ । नेपाल अपांग विद्यार्थी समाजले नेपाल विद्यार्थीसंघको आसन्न महाधिवेशनमा संस्थाको तर्फबाट १० जना अपांगता भएका व्यक्तिहरुलाई केन्द्रीय प्रतिनिधि बनाउन माग गरेको छ ।
संघले नेविसंघको विधानमा ५ जना केन्द्रीय सदस्य र एक जना पदाधीकारी तथा नेपाली काँग्रेसको तर्फबाट संबिधान सभामा मनोनित गर्न बाँकी १ वटा कोटामा अपांगता भएका व्यक्तिलाई सभासद बनाउन समेत माग गरेको छ ।
नेपाल अपांग विद्यार्थी समाजले काठमाडौको थापाथली क्याम्पसमा आयोजना गरेको नेवि संघको ११ औ महाधिवेशन र अपांगता विद्यार्थीको भुमिका बिषयका अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको अपांगता बिभाग प्रमुख सुजाता परियारले संघले उठाएका मागहरु महत्वपुर्ण रहेको बताइन् ।  उनले अपांग विद्यार्थीसंघले उठाएको माग पुरा गराउन आफुले सक्दो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा नेपाल विद्यार्थीसंघका अध्यक्ष तथा सभासद रन्जीत कर्णले अपांगता भएका विद्यार्थीहरुको मागलाई नेपाल विद्यार्थीसंघले प्राथमीकताका साथ राखेको बताउनु भयो ।

नेपाल अपांग विद्यार्थी समाजका अध्यक्ष कुमार मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थीसंघको ११ औ महाधिवेशनमा अध्यक्षका प्रत्यासीहरु मनोजमणी आचार्य, निलकष्ठ रिजाल, महामन्त्रीकी प्रत्यासी उर्मीला थपलिया, नेपाल विद्यार्थीसंघका केन्द्रीय सदस्य विकास थापा र नेपाल लोकतान्त्रीक अपांग संघका भोजराज श्रेष्ठको उपस्थीति रहेको थियो ।
सो कार्यक्रममा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको परिक्षामा उत्रिण १५ जना अपांगता भएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video