सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 28, 2018
सवारीसाधनको कारबाहीबाट रु ५५ लाख राजश्व संकलन
 सल्यान , साउन १२  सवारी साधनको कारबाहीबाट गत वर्ष सल्यानमा रु ५४ लाख ८० हजार राजश्व संकलन भएको छ । 

ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।ट्राफिक नियम उलंघन गर्ने मोटरसाइकलबाट रु २७ लाख ९६ हजार, ट्र्याक्टरबाट रु सात लाख ७५ हजार, जीपबाट रु ६ लाख ६७ हजार, ट्रकबाट रु सात लाख ७६ हजार र बसबाट रु आठ सय ४६ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानका इन्चार्ज गोपाल शर्माले जानकारी दिनुभयो । जिल्लामा पाँच हजार २२५ मोटरसाइकल कारबाहीमा परेको उहाँले जानकारी दिनुभयो । 

यस्तै उक्त अवधिमा एक हजार ४९९ ट्र्याक्टर, एक हजार २६४ जीप, एक हजार ४२६ ट्रक र ८४६ बस कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

“सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने, क्षमता भन्दा बढी सामान लोड गर्ने, कृषि परियोजनका लागि खरीद गरेका यातायातका साधनमा ट्रली जडान गरेर नियम उलंघन गरेको पाइएको छ,” इन्चार्ज शर्माले भन्नुभयो, “लाइसेन्स नभएका र लाइसेन्स भए पनि साधन चलाउँदासँगै नराख्ने सवारी चालक र सञ्चालकलाई पनि कारबाही गरिएको छ ।” 

३७ सवारी दुर्घटनामा २० जनाको मृत्यु 

यसैगरी, गत आर्थिक वर्षमा सल्यानमा ३७ वटा सवारीसाधन दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । 

तीमध्ये १२ पुरुष, सात महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै, उक्त अवधिमा दुर्घटनामा परी ६३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २९ पुरुष, २४ महिला, ६ बालक र चार बालिका रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video