१५ जिल्लाका प्रहरी प्रमुख सहित नेपाल प्रहरीका ७५ एसपीको सरुवा, कस्को सरुवा कहाँ ?
रबिन थपलिया काठमाडौं । साउन १७ । प्रहरी प्रधान कार्यालयले १५ जिल्लाका प्रहरी प्रमुख सहित नेपाल प्रहरीका ७५ एसपीको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत बिभागको कर्मचारी प्रशासन शाखाले निकालेको सरुवा सुचि अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा अरुण पौडेल, महोत्तरीमा इश्वर कार्की, दाङमा कृष्णहरी शर्मा पोखरेल, रौतहटमा केदार ढकाल, उदयपुरमा चन्द्रदेव राई, गुल्मीमा दिपक कुमार बस्नेत, सर्लाहीमा पोषराज पोख्रेल, सुर्खेतमा बसन्तराज रजौरे, मकवानपुरमा बुद्धिराज गुरुङ, झापामा भिमप्रसाद ढकाल, सिन्धुपाल्चोकमा मुकुन्द मरासैनी, सप्तरीमा राजेन्द्र बिष्ट, पाल्पामा विश्वमणी पोख्रेल, बर्दियामा सरेन्द्रप्रसाद मैनाली, रुपन्देहीमा हृदय थापालाई सरुवा गरेको छ ।