सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
अपांगता/अल्पसंख्यक
Aug 05, 2018
सब अपांगता भएका व्यक्ति विपत्मा प्रभावित
काठमाडौँ, २० साउन (रासस) ः नेपाल अपांग महिला एशोसिएशनले विपत् तथा दैवी प्रकोपको समयमा अपांगता भएका मानिस धेरै प्रभावित हुने हुँदा उनीहरुलाई विपत्सँग सम्बन्धित सबै प्रक्रियामा सहभागी गराउन माग गरेको छ । 

सम्भावित जोखिम रहेका मुलुकका विभिन्न स्थानमा बाढीपहिरो, हावाहुरी भूकम्पलगायत विपत्मा पूर्वसूचना प्रणालीका बारेमा उनीहरुलाई विशेष जानकारी गराउन आग्रह गरेको छ । यहाँ आज आयोजित छलफल कार्यक्रममा एशोसिएशनका अध्यक्ष निर्मला धितालले अपांगता समावेशी विपत् जोखिम न्यूनीकरणका लागि सम्बन्धित क्षेत्रको सामाजिक स्रोतको नक्सांकन गर्नुपर्नेमा जोड दिँदै उनीहरुको तथ्यांक संकलन, योजना निर्माणलगायत कार्यमा स्वायत्तता र प्रतिष्ठालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । 

न्यूनदृष्टि भएका व्यक्ति लागि अधिकारकर्मीद्वय सरीता लामिछाने र नीला बमले हाल निर्माण गरिन लागेका भवन तथा संरचनालाई अपांगमैत्री बनाउनुपर्ने सुझाव दिनुभयो । मुलकमा करीब छ लाख अपांगता भएका मानिसमध्ये ४४ प्रतिशत महिला छन् । उक्त एशोसिएशनले विभिन्न संस्थासँग समन्वय गरी हालै काठमाडौँ, ललितपुर, काभ्रे, मोरङ, बाँके, कञ्चनपुर र नवलपरासीका अपांगता भएका २० जनालाई विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे प्रशिक्षण सम्पन्न गरेको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video