काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

प्रवासी खबर
Aug 10, 2018
एअर इन्डियाद्वारा कर्मचारीको तलब दिन ढिलाई
 नयाँ दिल्ली, भारत,  साउन २५ । ऋणमा डुवेको एअर इन्डिया कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ । भारतको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीमा कार्यरत कर्मचारीले अगस्टको १० दिन काटिसक्दा पनि जुलाईको तलब पाउन सकेका छैनन् । 
तलबमा समस्या आएपछि आक्रोसित कर्मचारी भारतीय व्यवसायिक चालक संघ (आइसीपीए)का महासचिब क्याप्टेन दीपाङ्कर गुप्ताले कम्पनीका अध्यक्ष तथा महानिर्देशकलाई पत्राचार गर्नुभएको छ । 
पत्रमा कर्मचारीको तलबमा भएको ढिलाइबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, यो कुरा जानकारी गराउँदा मलाई दुख लागेको छ कि राष्ट्रिय ध्वजाबहाकले कर्मचारीको तलबलाई यससँग निरन्तर पाँचौँ महिना ढिलाइ गरेको छ । पटक पटक तपाईहरूबाट आएको आश्वासनका वाबजुद पनि नियमित तलब र उडान भत्ता समयमा पाउन सकिएको छैन । 
उहाँले थप्नुभयो, कर्मचारीहरूले नियमित रूपमा तलब पाउन नसकेपछि उनीहरू आर्थिक अभाबका कारण समस्यामा परेका छन् । व्यवस्थापन पक्षबाट देखाएको यथास्थितिवादी सोचका कारण राष्ट्रिय ध्वजावाहकको प्रगतिका लागि काम गर्ने कर्मचारीबीच आवेग बढेको छ, पत्रमा उल्लेख गरिएको छ । 
गुप्ताले विमान कम्पनीसँग विमानको अनिवार्य मर्मतका लागि चाहिने बजेटमासमेत समस्या देखिएको पत्रमा उल्लेख गर्नुभएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video