मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
राजनीति
Aug 16, 2018
सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्छ ः उपसभामुख
 काठमाडौँ, साउन  ।  उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्ने बताउनुभएको छ । 

तेह्रथुमको आठराई सङ्क्रान्तिस्थित सामुदायिक रेडियो आठराईको अनलाइन संस्करण काठमाडौँमा आज शुभारम्भ गर्दै उपसभामुख डा तुम्बाहाम्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताउनुभयो । 

“जनताको चेतना वृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “जनतालाई केन्द्रबिन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।” समाजमा नकारात्मक मात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गर्दै उपसभामुख डा तुम्बाहाम्फेले त्यस्ता विषयवस्तुमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

संसद्ले धेरै कानूनलाई टुङ्गोमा लगिरहेको बताउँदै उपसभामुखले महिला, अल्पसंख्यक र पछाडि पारेको समुदायका पक्षमा कानून निर्माण हुनेमा ढुक्क रहन अपिल गर्नुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री सीता गुरुङ, प्रतिनिधिसभाका सांसद भवानी खापुङलगायतले रेडियोको सफलताको शुभकामना दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video