सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 16, 2018
नेपाल प्रहरीका चार डिआइजी र २७ एसएसपीको सरुवा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरीए
रबिन थपलिया । काठमाडौं । साउन ३१ । नेपाल प्रहरीका चार डिआइजी र २७ एसएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यकाको ललितपुर र काठमाडौंको प्रहरी प्रमुख समेत फेरेको हो ।
काठमाडौं जिल्लाको प्रहरी प्रमुखमा बसन्त कुमार लामालाई जिम्मेवारी दिइएको छ । लामा प्रहरी प्रधान कार्यालय जगेडापुलमा कार्यरत थिए । यस अघि काठमाण्डौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका विश्वराज पोख्रेललाई नेपाली राजदुतावास (कन्सुलर) नयाँ दिल्लीमा सरुवा गरिएको छ । त्यस्तै ललितपुर प्रहरी प्रमुखमा रबिन्द्र बहादुर धानुकलाई जिम्मेवारी दिइएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश नं ४ पोखरामा रहेका धानुकलाई उक्त जिम्मेवारी संगै ललितपुरमा एसएसपी गणेश बहादुर ऐरलाई प्रहरी प्रधान कार्यालय कल्याण शाखामा सरुवा गरीएको छ ।
प्रहरी प्रधान कार्यालयद्धारा हिजो प्रकाशन गरेको सरुवा सुचि अनुसार डिआइजी महेश बिक्रम शाह प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेत, सुरेश बिक्रम शाह प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ दिपायल, धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा सरुवा भएका हुन् । 
कस्को सरुवा कहाँ ? 
अरुण कुमार विसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल, इश्वर बाबु कार्की प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्युरो, उत्तमराज सुवेदी प्रहरी प्रधान कार्यालय निरिक्षण तथा सुपरिवेक्षण महाशाखा, किशोर कुमार दाहाल प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ बिराटनगर, गणेश बहादुर ऐर प्रहरी प्रधान कार्यालय कल्याण शाखा, तारीणीप्रसाद लम्साल प्रदेश प्रहरी कार्यालय प्रदेश नं ३ हेटौंडा, दिलिप कुमार चौधरी प्रहरी प्रधान कार्यालय र्का विभाग बिपद व्यवस्थापन महाशाखा, दिवेश लोहनी निलम्बन, नरबहादुर खत्री प्रदेश प्रहरी कार्यालय प्रदेश नं ५ दाङ, नलप्रसाद उपाध्याय प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाह नवलपरासी, निरज बहादुर शाही प्रहरी प्रधान कार्यालय साइबर व्युरो, पुरुषोत्तम कंडेल प्रहरी प्रधान कार्यालय भर्ना छनौंट महाशाखा, पुर्णचन्द्र जोसी प्रहरी प्रधान कार्यालय शसस्त्र प्रहरी निर्देशनालय, प्रकाशजंग कार्की क्षेत्रीय प्रहरी तालिम केन्द्र प्रदेश नं ४ पोखरा, प्रद्य्ुम्न कुमार कार्की महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरी, बसन्त कुमार लामा महानगरीय प्रहरी परिसर काठमाडौं, बिकास श्रेष्ठ प्रहरी प्रधान कार्यालय कार्य महाशाखा, विश्वराज पोखरेल नेपाली राजदुतावास नयाँदिल्ली, बीरेन्द्र श्रेष्ठ पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवल, मसाउ आलम आँ प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, मुकुन्दराज आचार्य क्षेत्रीय प्रहरी तालिम केन्द्र प्रदेश नं २ जनकपुर, रबिन्द्र बहादुर धानुक महानगरीय प्रहरी परिषर ललितपुर, राजेश कुमार लाल कर्ण प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, रामकृपाल साह सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायल, शरद कुमार खत्री संघीय प्रहरी एकाई कार्यालय कोशी, सहकुल बहादुर थापा पुर्व क्षेत्रीय प्रहरी तालीम केन्द्र विराटनगर, हरीबहादुर पाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्सालमा सरुवा भएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video