गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Aug 17, 2018
अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ ः मुख्यमन्त्री पौडेल
 हेटौँडा, भदौ   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उहाँले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले अब छिट्टै त्यसमा छानबिन हुन्छ, अनावश्यक कर बढाउन दिइँदैन । अनधिकृत रुपमा कर बढाएको पाइएमा उसले प्राप्त गर्ने सबै सुविधाहरु रोकिने छ ।” मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा र गतिला कामहरु पनि गरेको र यसको प्रचार प्रसारसमेत गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले देवानी तथा फौजदारी संहिताको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जस्ले जे गरे पनि हुन्छ भन्ने मानसिकता नै गलत हो ।” आजदेखि लागू हुनेगरी आएको ऐनले केही न केही रुपमा राजनीतिक परिवर्तनको गतिलाई पकड्न खोजेको दाबी गर्दै उहाँले यस ऐनको विरोध गर्नुभन्दा पनि कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्यकर्मीहरुप्रति लक्षित गर्दै मन्त्री जमकट्टेलले भन्नुभयो, “कसैको ज्यान बचाउने काम पक्कै पनि महत्वपूर्ण हो, तर दायाँ खुट्टामा समस्या हुँदा बायाँ खुट्टाको शल्यक्रिया भएको पनि भेटियो, घाँटीको शल्यक्रिया गर्नुपर्नेमा पाठेघर निकालेर फालेको पनि फेला परे । जे पनि गर्न पाइने त होइन नि ।” 

कार्यक्रममा ३ नं प्रदेशका सभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, कानून क्षेत्र विशिष्ट व्यक्तित्व तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video