बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
स्थानीय सरकार
Aug 17, 2018
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
 धनगढी, भदौ  । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गर्नुभयो । “सकारात्मक सोच राखेर कानून पालना गर्ने भूमिका निर्वाह गर्नु सबै नागरिकको कर्तव्य हो”, मुख्यमन्त्री भट्टले भन्नुभयो । 

प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले नयाँ कानूनको कार्यान्वयनका लागि यसमा भएका कानूनी व्यवस्थाको प्रचारप्रसार र सचेतना गराउनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिं बोहरा, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, प्रदेशसभाका सदस्यलगायतले पनि नयाँ कानूनको कार्यान्वयनमा जोड दिनुभयो । यो ऐन कार्यान्वयनमा आएसँगै विसं १९१० मा निर्माण गरिएको मुलुकी ऐन प्रतिस्थापन भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video