राजनीति
Aug 17, 2018
आवश्यकता र औचित्यविना करको दर वृद्धि गर्न नहुनेः नेता डा महत
 पोखरा, भदौ  ।  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढ्ने सरकारका क्रियाकलापले विरोधमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आर्थिक समृद्धिको सपना बाँडेर निर्वाचित सरकारले स्थानीय तहबाटै मनोमानी किसिमले कर वृद्धि गरेको आरोप लगाउनुभयो । 

नेता डा महतले स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा करले जनता मारमा परेको र सङ्घीयताको मर्म, क्षेत्राधिकार, मौलिक हकलाई सरकारले ध्यान नदिएको बताउनुभयो । 

काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनतालाई मार पर्ने गरी आवश्यकता र औचित्यविना करको दर वृद्धि नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video