गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Aug 19, 2018
प्रदेश सरकारको काम सन्तोषजनक छैन ः राज्यमन्त्री झा
 पर्सा,  भदौ  । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने प्रष्ट पार्नुभयो । 

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री झाले मधेश आन्दोलनका शहीदलाई सम्मान र घाइतेको व्यस्थापनमा प्रदेश सरकार चुकेको टिप्पणी गर्दै आगामी दिनमा यसतर्फ पहल गरिनेछ भन्नुभयो । 

स्थानीय तहमा भएको अत्यधिक कर वृद्धिले सङ्घीयतालाई कमजोर बनाएको धारणा व्यक्त गर्दै उहाँले हाल देखिएको कर वृद्धिलाई नियन्त्रण गरी सङ्घीयतालाई बलियो र दीर्घजीवी बनाउनेतर्फ प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा राज्यमन्त्री झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र दर्ता दुई÷चार दिनभित्र हुने बताउनुभयो । 

राजपा पर्साका उपाध्यक्ष डा अनुज यादवको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रदेश नं २ को प्रदेशसभा सदस्य डा अञ्जु यादव, राजपाका महासचिव शिवप्रसाद पटेल, राजेशमान सिंह, केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला संयोजक प्रेमबाबु पटेललगायतको उपस्थिति रहेको थियो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video