मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
मनाेरञ्जन/रोचक
Aug 21, 2018
बृहत् साहित्य सम्मेलन ‘स्मारिका’ विमोचन
 रोल्पा, भदौ   । बृहत् साहित्य सम्मेलन मूल आयोजक समिति रोल्पाले प्रकाशन गरेको ‘स्मारिका’ आज लिवाङमा विमोचन गरियो । 

गत जेठ २० देखि २२ गतेसम्म रोल्पा सदरमुकाम लिवाङमा सञ्चालित बृहत् साहित्य सम्मेलन २०७५ का सम्पूर्ण गतिविधि समेटेर उक्त स्मारिका प्रकाशन गरिएको हो । स्मारिकामा साहित्य सम्मेलनमा भएका गतिविधि, वाचन गरिएका रचना तथा सम्मेलनप्रति विभिन्न व्यक्तिले व्यक्त गरेका धारणा समावेश गरिएको छ । 

दशवर्षे द्वन्दले एक प्रकारको पहिचान बनाएको रोल्पालाई साहित्य सम्मेलनले अर्को पहिचान बनाउन सघाएको कार्यक्रमका वक्ताले आंैल्याएका थिए । “धेरै मान्छेलाई अझै पनि रोल्पाप्रति नकारात्मक धारणा छ, त्यसलाई चिर्न सम्मेलन र स्मारिकाले सघाउ पु¥याएको छ,” रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले भन्नु भयो । साहित्यमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित रोल्पा नगरपालिकाको आयोजनामा उक्त सम्मेलन भएको थियो । सम्मेलनलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । सम्मेलन हरेक वर्ष गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोगको आश्वासन दिएकाले निरन्तता दिने सोच बनाएको मूलसमारोह समितिका संयोजक डिबी.टुहुरोले भन्नुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video