मनाेरञ्जन/रोचक
Aug 21, 2018
सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै
काठमाडौं, भाद्र ३ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्नेभएको छ । राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल संस्कृति अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ को आयोजना गरिने जानकारी दिइएको हो ।
आगामी नोभेम्वर २३ देखि २६ तारिख (मंसीर ७-१० गते) सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको साँस्कृतिक चलचित्र महोत्सव हुने आयोजकले बताएको छ । महोत्सवका वारेमा जानकारी दिदै निर्देशक सुवर्ण थापाले यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएकाले सवैको साथ र समर्थन आवश्यकता रहेको वताए । ‘नेपाल र अन्य देशका सिनेमाका मेकरहरु बीच विविध किसिमको साक्षत्कार एवम् छलफल कार्यक्रमहरु पनि गरिने भएकाले महोत्सव फलदायी हुने छ’, उनले भने ।
नेपाल र विभिन्न देशको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रले आयोजना गर्न गईरहेको महोेत्सवमा भाग लिनको लागि जुलाई ७ देखी नै आवेदन खुल्ला गरिएको र आवेदनको म्याद सेप्टेम्वर ७ सम्म मात्रै रहने वताउँदै कार्यक्रमको औचित्य माथि प्रष्ट पार्दै नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रम भव्य, सभ्य र सुसंस्कृत रुपमा सम्मपन्न गरिने जानकारी गराए ।

चलचित्रकर्मीहरुले आफ्नो सिनेमालाई महोत्सवमा निःशुल्क रुपमा सहभागी गराउन सक्नेछन् भने संस्थाको वेवसाईट www.ncfc.org.np/1stnciff  वाट पनि संसारभरवाट फारम भर्न सकिने अध्यक्ष सुवेदीले जानकारी गराए ।

नेपाललगायत महोत्सवमा अन्य विभिन्न देशहरुको पनि सहभागिता रहने भएकाले कार्यक्रम भव्य र सभ्य हुनेमा आयोजक विश्वस्त रहेको छ । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा उत्कृष्टताका आधारमा अवार्ड तथा सम्मान प्रदान गरिने छ ।

महोत्सवमा फुल लेन्थ फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, चिल्ड्रेन फिल्म, महिला सम्वन्धि वनेका चलचित्रहरुलाई सहभागी गराईनेछ भने पव्लिक च्वाईस अवार्ड, जुरी अवार्ड, ईन्करजमेन्ट अवार्ड सहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा उत्कृष्ट हुने फुल लेन्थ फिचर फिल्मलाई ट्रफी सहित एक हजार अमेरिकी डलर नगद पुरस्कार दिईने छ भने सर्ट फिल्मलाई ट्रफी सहित २ दुई सय पचास अमेरिकी डलर नगद पुरस्कार, डकुमेन्ट्री फिल्मलाई ट्रफी सहित पाँच सय अमेरिकी डलर नगद पुरस्कार, चिल्ड्रेन फिल्मलाई ट्रफी सहित दुईसय पचास अमेरिकी डलर नगद पुरस्कार र महिला सम्वन्धि वनेका चलचित्रहरुलाई ट्रफी सहित दुईसय पचास अमेरिकी डलर नगद पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष सुवेदीले वताए ।
 
उक्त पत्रकार सम्मेलनमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर वोगटी, वरिष्ठ चलचित्रकर्मीहरु मोहन निरौला, रविन्द्र खड्का, सुभाष गजुरेल वरिष्ठ पत्रकार तीर्थ कोईराला, चलचित्र निर्देशक माधवराज खरेल नायक श्रीदेव भट्टराई, समासेवी ओम गुरुङ, अधिवक्ता सिताराम घलेलगायतका व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमलाई गीतकार एवम् सञ्चारकर्मी पुरुषोत्तम सानुले सञ्चालन गरेका थिए ।  
copy From 
http://www.milapnews.com/2018/08/19/11958/


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video