तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Sep 10, 2014
ह्विचियर र ट्याक्सी डाइभर

हिजो कुपन्डोलबाट भृकुटीमण्डप जानको लागी एउटा ट्याक्सी चढेँ। यात्रा सुरु भएपछि मैले ट्याक्सी चालकलाई सोधे- “तपाईको ट्याक्सीमा व्हिलचियर प्रयोग गर्ने मान्छे कत्तिको चढ्छन् त दाई?”
उनले भने- “धेरै जना चढ्छन् नि सर।“
मैले भने- ए हो र।
उनले भने- “हो नि सर। हिजो भर्खर पनि एकजना चढेका थिए। म बानेश्वरको चोकमा बसेको थिएँ। कलेज ड्रेसका तीनजना केटाहरू आएर सोधे- टेकु गएको कति हो? उनीहरूसँगै एकजना बुढा मान्छे व्हिलचियरमा थिए। मैले भने- २५०। अनि उनीहरूले एक अर्का सँग पैसा उठाएर तीनवटा सयको नोट ती बुढा मान्छेको हातमा राखि दिएर भने- ल दाई ट्याक्सीमा जानुस्। सजिलो हुन्छ तपाईँलाई। तीनै केटाहरूले ती मान्छे व्हिलचियरबाट ट्याक्सीमा चढाउन र उनको व्हिलचियर माथि राखिँदिन सहयोग पनि गरे।“
मैले सोधेँ- अनि?
ट्याक्सी चालकले भने-“ ती मान्छे बानेश्वर बाट टेकु पुगे सम्म केही बोलेनन्। उनले आफ्नो हाते झोलाका सामानहरू झिक्दै हाल्दै गरे। राम्ररी त देखिन, तर डाक्टरका कागज जस्ता थिए। टेकु चोकमा पुगेपछि मैले उनको व्हिलचियर झिकेर ढोका अगाडी राखी दिएँ। ती बुढा मान्छे बिस्तारै व्हिलचियरमा सरे। अनि उनले आफ्नो सर्टको गोजीबाट अघि ती कलेजका भाइहरूले दिएको तीन सय रुपैयाँ झिकेर बिस्तारै मलाई दिए। उनको हात पनि कामे जस्तो लाग्यो। मलाई त्यो पैसा लीन मन लागेन। ती मान्छेलाई भने- मलाई पैसा दिनु पर्दैन। आफै सँग राख्नुस।
ती मान्छेले मैले भनेको नबुझे जस्तो गरेर मेरो अनुहारमा हेरे।
मैले हातले पनि इशारा गर्दै भने, मलाई पैसा पर्दैन। त्यसपछि उनले केही भनेनन्, फेरी त्यो पैसा सर्टको गोजीमा हाले र बिस्तारै व्हिलचियर गुडाउँदै गए।“
उनले त्यो कथा सुनाइसकेपछि मैले उनलाई सोधेँ- “तपाइले किन उनीसँग पैसा लिनुभएन त?”
उनले भने- “ती मान्छेसँग अरू पैसा नै थिएन जस्तो लाग्यो मलाई। फेरी मलाई त्यो पैसा नलिदा, धेरै कमाएको दिन भन्दा बढ्ता आनन्द लाग्यो।“
मैले फेरी सोधे- “अनि घाटा लागेन त?”
उनले हाँस्दै भने- “अरे सर। तीन जना मान्छे सँग पचास पचास बढि लिउँला, के छ र। यहाँ पैसा हुने मान्छे टन्न छन्।?”
म उनको कुरा सुनेर हाँसेँ। एकछिनमा हामी भृकुटीमण्डप पुग्यौं। उनले मलाई ओर्लन सहयोग गरे। मैले उनलाई- सोधे कति पैसा भयो त?
उनले भने- २०० दिनु न।
मैले उनलाई तिन सय दिँदै भने, ल यति लिनुस। उनले मानेनन्। मैले भने- “लिनुस न। मसँग पैसा भएर नै दिएको हु। फेरी बरु कोहि पैसा नभएको मान्छे भेट्नुभयो भने, सित्तैँमा चढाई दिनुहोला।“ उनले पैसा लिए र हात हल्लाउँदै मसँग बिदा भए।
मैले कतै पढेको थिएँ “ एक वर्षलाई खुशी हुनु छ भने, टन्न पैसा कमाउनुस्। जिन्दगीभरलाई खुशी हुन छ भने अरूलाई मद्दत गर्नुहोस्।“ मलाई विश्वास छ ती चालक जिन्दगी भर खुशी हुनेछन्।

सागर प्रसाईको फेसबुकबाट साभार




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video