अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 22, 2018
कोषको यथार्थ मौज्दात रु ४१ अर्ब ३०
  काठमाडौँ, भदौ  ६ ।  सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । 

कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करीब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना भएको उक्त कोषमा अहिले नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रहेको छ । 

कोषको मौज्दातमध्ये नेपाल राष्ट्र बैंकले समस्या घोषणा गरेका बैंक तथा वित्तीय संस्थासँग सैनिक कल्याणकारी कोषले प्राप्त गर्नुपर्ने सावाँ रु २२ करोड ९७ लाख ६७ हजार रहेको छ । कोषले बहालवाला तथा भूपू सैनिकका परिवारका लागि स्वास्थ्य, शिक्षा रोजगारी तथा आवास क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । उक्त कोषको मुख्य स्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज, शान्तिसेनाबाट प्राप्त हुने रकम, शिक्षण संस्थाबाट प्राप्त हुने शुल्क र विभिन्न आयमूलक परियोजनाबाट हुने रकम हो । 
--- 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video